Comments Add Comment

बाबुरामले लगाए पहिलोपटक दौरा-सुरुवाल, भने– देश अनुसारको भेष !

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् ।

१० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी सम्हाल्दासमेत बाबुरामले उक्त पोशाक लगाएका थिएनन् ।

तर, देश दौडाहाका क्रममा कर्णाली प्रदेश पुगेका बाबुरामले जीवनमै पहिलोपटक दौरा–सुरुवाल लगाएका छन् । खस बाहुल्य कर्णाली प्रदेशको पोशाक भएकाले आफूले त्यहाँ पुग्दा त्यहीँको पोशाक रोजेको बाबुरामको भनाइ छ ।

‘देश अनुसारको भेष ! जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो’, दौरा–सुरुवाल पोशाकका आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् ।

पत्नी हिसिला यमीसँगै त्यहाँका स्थानीयसँग खिचाएको तस्वीरमा बाबुराम निकै पृथक देखिएका छन् । पति दौरा–सुरुवालको पहिरनमा ठाटिएका भए पनि पत्नी यमी भने सामान्य पोशाकमै देखिन्छन् ।

दश वर्षसम्म सशस्त्र संघर्ष गरेका बाबुराम आबद्ध तत्कालीन माओवादीले राष्ट्रिय पोशाक दौरा–सुरुवाल बदल्नु पर्ने बहस छेडेको थियो । बाबुराम प्रधानमन्त्री भएका बेला उनी सम्बद्ध पार्टीका सांसदहरुले दौरा–सुरुवाल बहिष्कारसम्म गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment