Comments Add Comment

‘लभ स्टेशन’ टिमले गर्यो मेघालाई १ लाख सहयोग

चलचित्र ‘लभ स्टेशन’को टिमले करेन्ट लागेर दुबै हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई नगद एक लाख सहयोग गरेको छ । बुधबार दिउँसो उनकै डेरा भक्तपुरमा पुगेर उनीहरुले नगद सहयोग गरेका हुन् । चलचित्रका नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाही, संगीतकार एलिस कार्की मेघाको डेरामा पुगेका थिए ।

दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको आबश्यक्ता परेको पीडा सुनेपछि चलचित्रको टिमले नगद सहयोग गरेको हो । कलाकार शिशिर भण्डारीले जम्मा गरेर ४ लाख सहयोग पनि सोही क्रममा नायक प्रदिप खड्काले मेघालाई प्रदान गरे । नायक खड्काले यो भेटले मेघालाई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उनले मेघा आफूले सोचेभन्दा पनि फरक र साहसिक भएको बताए । नायिका जसिता गुरुङले मेघाको हात राख्ने चाहना चाडै पुरा होस् भन्ने कामना गरिन् । आफूलाई मनपर्ने नायक–नायिकालाई घरमै भेट्दा खुशी लागेको मेघाको भनाई थियो ।

चैत्र २२ गतेबाट रिलिज हुन लागेको ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment