Comments Add Comment

‘कबड्डी ३’मा प्रदिपको प्रवेश, दया यथावत्

निर्देशक रामबाबु गुरुङलाई निर्देशनमा सफल बनाएको चलचित्र हो, ‘कबड्डी’ । यो चलचित्रको सिक्वेल ‘कबड्डी २’ले सफलता त पायो, तर समिक्षकले औषत भने । अब, निर्देशक गुरुङ यसको तेश्रो सिक्वेलको निर्देशनमा जुटेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘साँइली’ चैत्र १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् ।

यो चलचित्रमा ‘कबड्डी’देखि नै पर्दामा देखिएका नायक दयाहाङ राइले काम गर्ने पक्का छ । निर्देशक गुरुङले भने–‘दयाहाङ त पक्का हुने र नहुने भन्ने नै भएन । यो त उनको नै फिल्म हो ।’ यसपटक भने, यो चलचित्रमा चकलेटी अनुहारका कारण चर्चामा रहेका नायक प्रदिप खड्काको प्रवेश हुने देखिएको छ ।

नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाहा गरेको जस्तै भूमिका निर्वाहा गर्नेछन् । प्रदिपको बिषयमा निर्देशक रामबाबु गुरुङले भने–‘प्रदिपसँग मौखिक सहमती मात्र भएको हो । हामीले लिखित सहमती नगरेका कारण पनि प्रदिप पक्का भन्न सकेका छैनौ । किनकी, भोली उनको समय, पारिश्रमिक मिलेन भने जे पनि हुनसक्छ । तर, मौखिक रुपमा काम गर्ने कुरा भएको छ ।’

रामबाबुले ‘बेली’ भन्ने चलचित्रमा प्रदिपसँग काम गर्ने पक्का भएको थियो । यो बिषयमा गुरुङले भने–‘कबड्डीको कथा ८० प्रतिशत सकिएकाले पहिले यो चलचित्र नै छायांकनमा जान्छ होला । हामी त जेठबाट नै सुरु गर्ने तयारीमा छौ । यदि, जेठमा भएन भने दशैंपछि छायांकन हुन्छ ।’

चलचित्रका लागि कुनै पनि कलाकारसँग लिखित सहमती भने नभएको रामबाबुले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment