+

चेल्सी युरोपा लिगको प्रि-क्वार्टरफाइनलमा

२०७५ फागुन  १० गते ७:३० २०७५ फागुन १० गते ७:३०
चेल्सी युरोपा लिगको प्रि-क्वार्टरफाइनलमा

१० फागुन, काठमाडौं । चेल्सी युरोपा लिग फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति आफ्नै मैदानमा युरोपा लिगअन्तर्गत अन्तिम ३२ को दोस्रो लेगमा माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा स्थान बनाएको हो । चेल्सीले पहिलो लेग र दोस्रो लेगमा गरी समग्रमा ५–१ को जित निकाले । पहिलो लेगमा चेल्सीले माल्मोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

१० खेलाडीमा सिमित रहेको माल्मोमाथि चेल्सीले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो । चेल्सीले पहिलो हाफमा भने गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । खेलको ५४, ७४ र ८४औं मिनेटमा चेल्सीले गोल गर्दै जित हात पारेको हो ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा आर्सनलले बाटे बोरिसोभलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्सनलले समग्रमा ३–१ को जित निकालेको हो । यसअघि भएको पहिलो लेगमा आर्सनल १–० गोलले पराजित भएको थियो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय