Comments Add Comment

‘जहाँ म छु त्यहीँ नै मधुको मनपर्ने ठाउँः राजेश हमाल

नायक राजेश हमाल र मोडल मधु भट्टराइ बैबाहिक जीवनमा बाधिएको ५ बर्ष भयो । ५ बर्ष लामो बैबाहिक जीवनमा राजेश र मधु निकै खुशी पनि देखिएका छन् । यो जोडीले कमै मात्र मिडियामा अन्र्तवार्ता दिएका छन् । करिब ७ बर्ष प्रेम सम्बन्धमा रहेर उनीहरुले बिहे गरेका थिए ।

उनै, राजेश र मधु हिमालय टीभीको चर्चित कार्यक्रम ‘जीवनसाथी’मा कुराकानी गर्दै आफ्नो जीवन र बैबाहिक जीवनको बारेमा कुरा गरेका छन् । नायक हमालले आफ्नो प्रेम जीवनको बारेमा खुलाए–‘मेरो प्रायः प्रेमिका विदेशी नै थिएँ । नायिकाहरुसँग त मेरो प्रेम कहिले पनि भएन । सो समयमा मधु १८ बर्षको थिइन ।’

मधुले आफू १८ बर्षको हुँदा राजेशलाई भेटेकी थिइन् । तर, उनले भने राजेशलाई २० बर्षको भनेर बताएकी थिइन् । राजेशको भिजिटिङ कार्ड पाएपछि करिब २० दिनपछि मधुले उनलाई भेटेकी थिइन् । राजेशको जन्मदिनमा सांग्रिला होटलमा मधु र राजेशको भेट भएको थियो ।

‘जीवनसाथी’मा कुरा गर्दै मधुले राजेशको बारेमा भनिन्–‘उहाँ आँखाबाट हेरेर धेरै कुराको महशुश गर्नुहुन्छ । तर, कहिलेकाही केही भनिदिए हुन्थ्यो भन्ने लाग्छ ।’ नायक राजेश हमाल ट्राभलमा बढी व्यस्त हुने भन्दै फुर्सद भएको समयमा आफूलाई नै समय दिने गरेको मधुले बताइन् । राजेश हमालसँग भेट भएपछि आफूले खानेकुराको ज्ञान बढी लिएको उनले बताइन् ।

मधुको मनपर्ने ठाउँको बिषयमा राजेशले भने–‘जहाँ म छु, त्यही नै उनलाई मनपर्ने ठाउँ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment