Comments Add Comment

मैत्रीपूर्ण फुटबलमा कर्मचारीले जनप्रतिनिधिलाई हराए

१० फागुन, वीरगञ्ज । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्जमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा कर्मचारीहरुको टिम विजयी भएको छ । कर्मचारी मिलन केन्द्र पर्साले शुक्रबार दिउँसो आयोजना गरेकोे मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिम बिजयी भएको हो ।

वीरगन्जको नारायणी रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीहरुको टिम कर्मचारी ११ ले स्थानीय जनप्रतिनिधिको टिम जनप्रतिनीधि ११ लाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलको सुरुमै जनप्रतिनिधिहरुको टिमबाट शियानन्द चौहानले पहिलो गोल गरर अग्रता दिलाएका थिए । तर केही जनप्रतिनिधिको तर्फबाट आफ्नै पोष्ट तर्फ हानेको बललाई सदुपयोग गर्दै कर्मचारीको तर्फबाट टार्जन कुँवरले गोल गरेर बराबरीमा पुर्‍याएका थिए ।

जनप्रतिनिधिको तर्फबाट दोस्रो गोल राधेश्याम प्रसाद थारुले गरेका थिए भने कर्मचारीहरुको तर्फबाट राजेश दत्तले २ गोल र गोपी कोइरालाले एक गर्दै जीत दिलाएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिको नेतृत्व वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले र कर्मचारीको नेतृत्व पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले गरेका थिए ।

विजयी टिमलाई नगद २५ हजार, शिल्ड, मेडल प्रदान गरिएको छ । पुरस्कार वितरण गर्दै वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले यस्तो मैत्रीपूर्ण खेलले विभिन्न निकायहरुका बीच परिचय, समन्वय तथा आत्मीयता बढनुको साथै खेलप्रतिको आक्रषण पनि बढने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले खेलमा जसले जितेपनि खुशी सबैले मिलेर बाँड्नुपर्ने बताउँदै पुरस्कारको राशीबाट होली मिलन समारोहको आयोजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment