Comments Add Comment

हजरातुल्लाको १६२ रनसँगै बन्यो टी–२० मा चार रेकर्ड

काठमाडौं । टी–२० क्रिकेटकै ठूलो स्कोर, टी–२० मा व्यक्तिगत सर्वाधिक दोस्रो स्कोर र सर्वाधिक छक्का, नि टी–२० क्रिकेटकै सबैभन्दा ठूलो साझेदारी ।

राजिव गान्धी क्रिकेट स्टेडियममा अफगानिस्तानले आयरल्याण्डलाई ८४ रनले हराउँदा बनेको रेकर्ड हो यो । जितको नायक रहे हजरातुल्ला जजाई ।

ओपनर जजाईले उस्मान घानीसँग पहिलो विकेटका लागि २३६ रनको विशाल साझेदारी गरे । यो टी–२० आईमा कुनै पनि विकेटका लागि भएको भएको ठूलो साझेदारी हो ।

उस्मान ७३ रनमा आउट भए । तर, जजाई क्रिजमा टिकिरहे र नटआउट १६२ रन बनाए । २१ वर्षे जजाईको उत्कृष्ट प्रदर्शनसँगै अफगानिस्तानले २० ओभरमा मात्र ३ विकेट गुमाएर २७८ रनको विशाल स्कोर बनायो ।

यो टी–२० आईमा अहिलेसम्मकै ठूलो स्कोर हो । साथै जजाईले बनाएको १६२ रन दोस्रो ठूलो व्यक्तिगत स्कोर हो ।

६२ बलको सामना गरेका उनले ११ चौका र १६ छक्का हाने । यससँगै जजाई टी–२० आईमा एकै इनिङमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान पनि बनेका छन् ।

अफगानिस्तानको इनिङमा तीन ओभरमा २० वा सोभन्दा बढी रन बनेको थियो । १७ औं ओभरमा त २८ रन बनायो, जसमा जजाईले केभिन ओब्रायनलाई चार छक्का हानेका थिए ।

२७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डको पनि सुरुवात खराब थिएन । पल स्टर्लिङ र केभिन ओब्रायनले पहिलो जिकेटका लागि १२६ रनको साझेदारी गरे ।

तर, यो साझेदारी टुटेसँगै आयरल्याण्ड धरासायी भयो । उसले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनायो । स्टर्लिङले ९१ र ओब्रायन ३७ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment