Comments Add Comment

अनमोललाई प्रश्नः ‘के अब नाफाको प्रतिशतमा काम गर्न सक्नुहुन्छ ?’

कलाकार दिपकराज गिरीले लगातार ५ वटा चलचित्र हिट दिएपछि अब नाफाको प्रतिशतमा काम गर्न लागेका छन् । उनले, रोहित अधिकारीको चलचित्रमा नाफाको ५० प्रतिशतमा काम गर्न लागेका हुन् । दिपकले नाफाको प्रतिशतमा काम गर्न लागेपछि अहिलेका महंगा र चलेका नायकलाई यो प्रश्न सोझिन थालेको छ ।

फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’का नायक अनमोल केसीलाई हामीले यही प्रश्न सोध्यौं । के तपाई अब नाफाको प्रतिशत लिएर काम गर्न सक्ने खुबी राख्नुहुन्छ ? यसको जवाफमा अनमोलले भने–‘मलाई अहिले नै व्यापारमा हाम फालिहाल्न मन छैन । मैले जुन पारिश्रमिक पाएको छु, त्यसमा नै खुशी छु । त्यो अलग दिमाग लगाउने कुरा हो, त्यसैले म यसका लागि तयार छैन ।’

तर, अनमोल केसीले त अब नाफाको प्रतिशतमा काम गर्नुपर्छ भन्ने प्रश्न उठ्न थालेको छ नी भन्ने प्रश्नमा उनले भने–‘ त्यसका लागि एउटा समय आउँछ । अहिले म धेरै कुरा सिकिरहेको छु, यो क्षेत्रलाई वुझिरहेको छु । अहिले मैले जती पारिश्रमिक पाएको छु, त्यसमा नै म सन्तुष्ट छु । राम्रो पारिश्रमिक पाएको छु, त्यो भन्दा पनि दर्शकको माया पाएको छु । मलाई अहिले यो भन्दा अरु केही पनि चाहिएको छैन ।’

अनमोलले अहिले नै प्रतिशतमा काम नगर्ने कुरातर्फ संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment