
१२ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल ब्वाइज युनियन क्लब र श्री भगवती क्लबले जित हात पारेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार सम्पन्न खेलमा ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई र श्री भगवती क्लबले मध्यपुर युथ एसोसिएसनलाई पराजित गरेको हो ।
ब्वाइज युनियनले श्रीकुमारीलाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको १७ औं मिनेटमा प्रदीप बोगटीले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ब्वाइज युनियनले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा श्री भवगतीले मध्यपुरलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
श्री भवगतीको जितमा दर्शन गुरुङले दुई गोल गरे भने एक गोल अनिल रानाले गरे । त्यस्तै, मध्यपुरका लागि सवर्ण बिक्रम कार्कीले गोल गरेका थिए ।
प्रतिक्रिया 4