+

टी-२० क्रिकेट : भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

२०७५ फागुन  १३ गते ७:१९ २०७५ फागुन १३ गते ७:१९
टी-२० क्रिकेट : भारतमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

१३ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पहिलो टी-२० क्रिकेट खेलमा घरेलु टोलीमाथि रोमाञ्चक जित हात पारेको छ ।

आइतबार राति सम्पन्न भएको खेलमा अष्ट्रेलियाले भारतलाई तीन विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्श्वेल र डीअर्ची शर्टले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताए । म्याक्श्वेलले ४३ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५६ रन बनाए । त्यस्तै, डीअर्चीले ३७ रन बनाए ।

भारतका लागि जसपि्रत बुमराहले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२६ रन मात्रै बनाउन सक्यो । भारतका लागि लोकेश राहुलले ५०, महेन्द्रसिंह धोनीले अविजित २९ र कप्तान विराट कोहलीले २४ रन बनाए ।

दुई खेलको टी-२० क्रिकेट सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०