Comments Add Comment

‘मेरो एउटा साथी छ २’ बन्ने, आर्यन र नम्रता दोहोरिएलान् ?

रिलिज भएको करिब ९ बर्षपछि चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । नेपालमा अहिले सिक्वेल बनाउने क्रम चलिरहेको समयमा अब ९ बर्ष अगाडिको हिट चलचित्र ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्न लागेको हो ।
यो चलचित्रले नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठ र निर्देशक सुदर्शन थापालाई स्टार बनाएको थियो ।

अब, ९ बर्षपछि बन्न लागेको यसको सिक्वेलमा सुदर्शन थापा नहुने पक्का छ भने आर्यन र नम्रताको बारेमा यसको निर्माणपक्ष बोलेको छैन । यसपटक भने चलचित्रको निर्माण कम्पनी आइकोर फिल्मस्ले चलचित्र निर्देशनको जिम्मा दिनेश राउतलाई दिएको छ ।

दिनेश अहिले चलचित्रको कथा लेखिरहेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘प्रसाद’ यो बर्ष चलेको चलचित्रमा पर्छ । निर्देशक राउतको सम्बन्ध नायिका नम्रता श्रेष्ठसँग निकै राम्रो भएपनि आर्यनसँग त्यती सुखद छैन । यसैले चलचित्रमा नम्रता हुने संभावना प्रवल देखिएको छ भने आर्यनलाई राउतले के गर्छन् टुंगो छैन ।

आइकोर फिल्मस्ले कथावस्तुदेखि कलाकार छनोटको सम्पूर्ण जिम्मा दिनेशलाई दिएको छ । ‘मेरो एउटा साथी छ’लाई लभ स्टोरी चलचित्रमा कोशेढुंगा नै मानिन्छ । यसैले पनि दिनेशका लागि ९ बर्ष अगाडिको ब्रान्डलाई जोगाएर यो भन्दा स्तरिय चलचित्र बनाउने चुनौती भने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment