Comments Add Comment

खाना छाड्नै पर्दैन, यी हुन् तौल घटाउने काइदा

तौल कसरी घटाउने ? अहिले संभवत धेरैले खोज्ने प्रश्न हो यो । यसका जवाफ पनि फटाफट मिल्छ । तर, सबैको हकमा एउटै जवाफ प्रभावकारी हुँदैन । किनभने तौल नियन्त्रणको प्रसंगमा फेला पर्न जवाफ भनेको, खानपानमा कटौती नै हो । अर्थात खानेकुरा नियन्त्रण गरेपछि मोटोपन घट्छ भन्ने आम बुझाई छ ।

के त्यसो हो भने आफ्नो नियमित खुराकमा कटौती गर्ने ? खानाको मात्रा कम गर्ने ?

खाना छाडेपछि वा आफ्नो खुराक घटाएपछि शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले मोटोपन घट्ने होइन, कुपोषण हुने खतरा हुन्छ । त्यसैले खानेकुरा घटाउने होइन, बरु व्यवस्थापन गर्ने हो । उचित खानेकुरा, सही ढंगले सेवन गरेर मोटोपन घटाउन सकिन्छ ।

बढ्दौ तौल, बढ्दो चिन्ता

तौल बढ्नु भनेको रोगलाई निमन्त्रणा गर्नु पनि हो । किनभने शरीरमा जम्ने अतिरिक्त बोसोले तौल बढाउँछ । यस्ता बोसोले शरीरका भित्री अंगको कार्य संचालमा अवरोध पुर्‍याउँछ ।

त्यसैले त अहिले मान्छेहरु तौल नियन्त्रण गर्ने अनेक काइदा खोजिरहेका छन् । कोही जिम धाइरहेका छन्, कोही खानेकुरामा कटौती गरिरहेका छन् ।

आˆनो तौललाई लिएर मानिसहरु अक्सर तनावमा रहने गर्छन् । बढेको तौल कसरी कम गर्ने, कम भएको तौललाई कसरी नियन्त्रण गर्ने भन्ने कुराले उनीहरुको मन सधै अशान्त रहने गर्छ ।

किनकी विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार तौल बढेमा उच्च रक्तचाप, मधुमेह, हृदय रोग, मोटोपना लगायतका समस्या निम्तिने गर्छ ।

त्यसैले, तौललाई कम गर्न खाना खान  छाड्ने भन्दापनि स्वस्थ आहार अपनाउनु पर्छ । प्रत्येक साता एक दुई पाउण्ड वजन कम गर्नु राम्रो मानिन्छ । अन्यथा, एकै पटक धेरै तौल कम गर्दा जसरी तौल घट्यो, त्यसैगरी बढ्ने गर्छ ।

खाना नछोड्ने

दिनको सुरुवात् स्वास्थ्यवर्दक नाश्ता गर्ने । दिनमा कम्तीमा तीन पटक खाना खाने । यसले शरीरलाई ताकत प्रदान गर्नुका साथै भोक लाग्दैन ।

खानाको भाग नियन्त्रण गर्ने

सानो प्लेटको प्रयोग गर्ने । र, थोरै थोरै मात्रामा धेरै प्रकारका खानेकुरा खाने । नथप्ने ।

भोक लाग्दा मात्र खाने

भोक लाग्दा मात्र खाने । आराम गर्न तथा बोर कम गर्नका लागि नखाने । बरु घुम्न जाने ।

जो खानुहुन्छ, त्यो सबै कापीमा लेख्ने

दिनभरी खाएको खानेकुराको विवरण कापीमा लेख्ने । त्यसमा आहारका प्रकार, खानाको मात्रा र जुन समयमा खाएको हो, त्यो सबै समावेश गर्ने । अझ सकिन्छ भने, त्यही विवरण हेरेर आˆनो आनीबानीलाई व्यवस्थित गर्ने ।

कसरत गर्ने

Man having a table full of organic food,juices and smoothie. Cheerful young man eating healthy salad and fruits,dieting

कसरत गर्नका लागि खास योजना चाहिदैन । घरकै सिढी चढेर, केही समय हिडेर, सातामा कम्तीमा पाँच दिन हिडेर, साइक चढेर, स्वीमिङ्ग खेलेर तथा हाइकिङ्ग गरेर पनि कसरत गर्न सकिन्छ । यसबाहेक, दिनमा एक घण्टा नियमित व्यायाम गरेर पनि कसरत गर्न सकिन्छ । यदपी, कुनै पनि ठूलो खालको  कसरत गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न जरुरी छ ।

चिनी तथा गुलियो नियन्त्रण गर्ने

डोनट, कुकिज, केक लगायत चिनी तथा गुलियोको मात्रा धेरै भएको खानेकुरा खाँदा नियन्त्रित मात्रामा खानुपर्छ । यस्ता खानेकुरामा क्यालोरीको मात्रा धेरै हुनुका साथै पोषक तत्वको कमी हुन्छ । चिसो पेय पदार्थमा कृतिम गुलियोको प्रयोग धेरै हुने भएकोले यस्ता पेय पदार्थको सेवन कम गर्नुपर्छ ।

 पानी पिउने

पर्याप्त मात्रामा पानी पिउने मानिसको तौल कम हुने सम्भावना बढी हुन्छ । यसको लागि प्रत्येक दिन छ देखि आठ गिलास पानी पिउनु पर्छ ।

बाहिरको खानेकुरा खाँदा सचेत रहने

बाहिरको खानेकुरामा नुन तथा चिल्लोको अत्याधिक मात्रामा प्रयोग गरिएको हुन्छ । त्यसैले, बाहिरको खानेकुरा खादा कम चिल्लो, सूप तथा सलाद वा कम चिल्लो भएको खानेकुरा खानुपर्छ । सस तथा डे्रसिङ्ग बेग्लै लिनुपर्छ । खाना धेरै भएमा कसैसित बाढ्नु पर्छ वा बढी भएको खानेकुरा घर लैजानु पर्छ । थालीमा स्वास्थ्यवर्दक खानेकुरामात्र खानुपर्छ ।

नास्ता गर्ने

प्याक गरिएको खानेकुराको सट्टा ताजा फलफूल, सागसब्जी वा चिल्लोरहित दही खानुपर्छ । होल ग्रने सिरियल्स, ओट मिल, रोटी लगायतका खानेकुरा शरीरका लागि राम्रो मानिन्छ ।

खाना पकाउँदा तेलको प्रयोग कम गर्ने

खानेकुरा पकाउँदा अत्याधिक तेलको प्रयोग गर्नुको सट्टा खानेकुरालाई सेकेर, हल्का भुटेर वा उसिनेर पनि खान सकिन्छ । यसरी खाना पकाउँदा खानामा तेलको मात्रा कम हुनुका साथै खाना स्वस्थकर हुन्छ ।

खाद्यान्न खरीद गर्दा होशियारी अपनाउने

आफूले के के खाने भन्ने कुराको पहिले नै योजना बनाउने । त्यसको सुची तयारी गर्ने । अनिमात्र खाद्यान्न किन्ने । अनावश्यक खरीदारी गर्नबाट बच्ने । अझ भोक लागेको समयमा त खानेकुरा किन्दै नकिन्ने । फलफूल, हरिया सागसब्जी, अंकुरित अनाज, सिङ्गो अनाज अरीद गर्ने । मासु किन्दा बोसो नभएको मासु किन्ने । दूग्धजन्य पदार्थ खरीद गर्दा फ्याटबारे विशेष ध्यान दिने ।

किनकी यस्ता ससाना परिवर्तनले पनि स्वास्थ्यलाई विभिन्न तरीकाले लाभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment