+
+
Shares

सुँगुरका लागि सङ्कलित अखाद्य वस्तु घरेलु मदिरा उत्पादनमा

आधुनिक घरमा रक्सी भट्टी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १४ गते ०:००

१३ फागुन, काठमाडौं । सुँगुर र बंगुरलाई भनेर संकलन गरिने फोहोर खाद्यान्न र अखाद्य वस्तु घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र प्रहरी प्रभाग, बलम्बुले चलाएको मदिरा नियन्त्रण अभियानका क्रममा यो रहस्य खुलेको छ ।

बलम्बु प्रहरीले शुक्रबार मात्रै १२ हजार ४ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ भने ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ पनि नष्ट गरेको छ ।

बलम्बुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पार्टी प्यालेस र विवाह भोजबाट उठाइएको अखाद्य वस्तुलाई पनि कच्चा पदार्थको रुपमा राखिएको भेटिएको छ । उनले अनलाइनखबरसँग भने, ‘चन्द्रगिरी नगरपालिका–८, कञ्चनवस्तीमा रहेको आधुनिक घरभित्रै हजारौं लिटर अवैध भट्टी र मदिरा फेला परेको थियो ।’

थानकोटका डीएसपी कुमार विक्रम थापाका अनुसार ती ठाउँहरुमा छापा मार्दा रहस्यमय तवरले आधुनिक घरभित्र मदिराको भट्टी फेला परेको छ । उनले सुनाए, ‘तीन ओटा सुविधा सम्पन्न घरबाट ती मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद भएको छ ।’

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा प्रहरी कडाइ गरेको उनी बताउँछन् ।

‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थालेका छन्’, थापाले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ भन्ने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?