Comments Add Comment

ममीलाई अस्पताल लैजान छाडेर डेटिङमा रमाउँदा निरिषाले खाइन् कुटाई(भिडियो कुराकानी)

मनिष भन्छन्–‘साँचो प्रेम केटाहरुलाई पनि मिठो लाग्छ’

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’का मुख्य कलाकार मनिष श्रेष्ठ, निरिषा बस्नेत र नम्रता श्रेष्ठ अहिले चलचित्र प्रचारमा दौडिरहेका छन् । चलचित्र ‘जानी नजानी’ले नेपाली ढाकालाई प्रमोट गरेको चलचित्रका कलाकार बताउँछन् । चलचित्रका मुख्य नायक मनिषले भने–‘यो चलचित्रले ढाकालाई प्रेमसँग जोडेको छ ।’

चलचित्रकी मुख्य नायिका निरिषाले कसैसँग प्रेम पर्यो भने आफूले गम्भिर रुपमा प्रेम गर्ने बताउँछिन् । उनले भनिन्–‘धेरै माया गर्यो भने मन दुख्छ । रोइन्छ । म एकदमै भावूक छु ।’ जीवनमा कुनै क्षण ‘जानी नजानी’ माया बसेको छ कि छैन भन्ने प्रश्नमा मनिषले भने–‘म स्कुलको होस्टेलमा बस्दा बरन्डाबाट हेर्दा एक जना यूवती देखेँ । उनीसँग मेरो प्रेम भयो ।’

यस्तै, नायिका नम्रता श्रेष्ठले भनिन्–‘मेरो जानी नजानी त प्रेम भएनँ । कसैसँग क्रस हुनसक्छ, तर त्यसरी प्रेम भएनँ ।’ निरिषालाई भने जीवनमा ‘जानी नजानी’ कुटाई खाएको बताइन् । उनले भनिन्–‘ममीलाई हस्टिपटल लानुभन्दा मलाई डेटिङमा बढी महत्व लाग्यो । यसैले डेटमा २ घन्टा ढिलो घरमा आएँ । ममीले कुट्नुभयो ।’

प्रेमको बिषयमा कुरा गर्दै मनिषले प्रेमलाई यदि यूवतीले पनि गम्भिर रुपमा लिएका छन् भने साँचो प्रेम पनि पच्ने बताए । नायिका निरिषा बस्नेतले पनि केटीहरुलाई साँचो प्रेम स्विकार गर्न सहज हुने बताइन् । चलचित्र भित्र के छ, जसले हेर्दा हेर्नुपर्छ जस्तो लाग्छ भन्ने प्रश्नमा निरिषाले भनिन्–‘हामीले ढाकाको बिषय उठान गरेका छौ । यसमा राष्ट्रियता पनि झल्किएको छ ।’

अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्दै गर्दा, यी तिन कलाकारले रमाइलो खेल पनि खेले । मनिषले दुई नायिकालाई प्रेममा चिट गरेपछि यी दुइले मनिषलाई हकार्नु हकारे । यसका लागि तपाइले भिडियो नै हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment