+
+
Shares

करिनालाई रणवीरको प्रश्न–‘उत्कृष्ट श्रीमान् कसरी बन्ने ?’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १२:४०

बलिउडका चर्चित नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणको जोडीलाई आइडल जोडी मान्नेहरु धेरै छन् । केही समय अगाडि बैबाहिक जीवनमा बाधिएको यो जोडीको माया–प्रेप पनि गज्जबको छ । धेरै फ्यानले रणवीर जस्तो श्रीमान पाउनु दिपिकाको लागि भाग्यको कुरा भएको पनि भन्ने गरेका छन् ।

यति धेरै माया गरिरहँदा र दिपिका खुसी बनाइरहँदा पनि रणवीरको मनमा शान्ती मिलेको छैन् । रणवीर हालै करिना कपुरको नयाँ रेडियो कार्यक्रममा सहभागीता जनाउँदै आफू कसरी सर्वश्रेष्ठ श्रीमान् बन्ने भनेर प्रश्न गरेका छन् । ‘ह्वाट वुमन वान्ट्स’ नामक रेडियो शो मा रणवीरले करिनालाई सोधेका छन्, ‘म हालै मात्र बिबाह बन्धनमा बाधिएको छु । मलाई उत्कृष्ट श्रीमान् बन्न के गर्नुपर्छ ? सिकाइदिनुस् न ।’

रणवीरको यो प्रश्नमा करिनाले भनिन्, ‘रणवीर तिमीले भर्खर जीवनलाई रमाइलो पारामा सुरु गरिरहेको छौ । र, अर्को कुरा तिमीले दिपिकालाई कति माया गर्छौ र तिमी कति मायालु छौँ भन्नै सबैलाई थाहा छ । तिमीलाई केही सिकाउनु पर्ने जरुरी छैन । तिमीहरुको प्रेम हेरेर धेरैले सिक्ने छन् ।’

करिनाले एक–अर्काको लागि खुल्ला ठाँउ दिनुपर्ने बताइन् । उनले यस अर्थमा त्यो बोलेकी थिइन कि, उनीहरु माथि आँखा लगाउनेहरु त्यो खुल्ला ठाँउमा फस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?