
Photo Credit : अनलाइनखबर फाइल
१६ फागुन, काठमाडौं । आज (बिहीबार)का लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
ताप्लेजुङ्मा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
राष्ट्रिय शोकको घोषण गरिएकोले बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराइले जानकारी दिए ।
प्रतिनिधि सभाको अर्को बैठक शुक्रवार दिउँसो ३ बजेलालाई बोलाइएको छ । शुक्रबारको बैठकमा मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4