Comments Add Comment

पर्यटनमन्त्रीसहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने

१६ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको छ । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकाल बताउँछन् ।

उनका अनुसार बुधबार साँझ दुर्घटनास्थलबाट डोरीको सहायताले ४ जनाको शव निकालिएको थियो भने मौसममा आएको खराबीका कारण ३ जनाको शव बिहीबार बिहान मात्र बिमानस्थलसम्म ल्याइपुर्‍याइएको थियो ।

यो पनि, खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

डीएनए परीक्षण हुनसक्ने !

विमानस्थलबाट सिधै शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि लाने तयारी छ । त्यहाँ ज्यान गुमाउने व्यक्तिहरुको परिवारका सदस्य पनि उपस्थित हुनेछन् ।

यदी परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा प्रहरीसामु शवको पहिचानका लागि अन्तिम विकल्प डीएनए परीक्षण मात्रै रहेनछ । जुन प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ ।

शरीर पूर्ण रुपमा जलेका कारण अन्यको पहिचान हुन नसकेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । उनले भने, ‘परिवारबाट पनि सनाखत नभएको अवस्थामा डीएनए परीक्षणको विधि पनि अपनाउँछौं ।’

अधिकारीहरुका अनुसार पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । त्यस्तै, पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो ।

यो पनि पढ्नुस्,  पाथीभराबाट उडेको एक मिनेटमै दुर्घटना भएको थियो हेलिकोप्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment