+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हिमपातले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १६ गते १८:०२

१६ फागुन, हेटौंडा । भारी हिमपातका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ खुलेको छ । बुधबार रातिदेखि भएको हिमपातका कारण राजपथको थाहा नगरपालिका खण्ड अवरुद्ध भएको थियो । नगरपालिका र सडक डिभिजन कार्यालयको टोलीले सडकबाट हिउँ पन्छाएपछि गाडी चल्न थालेको नगरपालिकाका उममेयर खड्ग गोपालीले बताए ।

राजपथको भीमफेदी गाउँपालिकाको अधोर र थाहा नगरपालिकाको ओखरबजारमा गाडी रोकिएको थियो ।

सडक सञ्चालन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ आफैं सिमभञ्ज्याङ पुगेका थिए । सडक सञ्चालन भएसँगै हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा हुँदै चल्ने सवारी साधनहरु सञ्चालन भएका छन् ।

उपमेयर गोपालीका अनुसार झण्डै ३ हजार युवायुवती दामन, सिमभञ्ज्याङ क्षेत्रमा रहेका छन् ।  ०६२ पछि अहिलेसम्मको उच्च हिमपात भएको उनले बताए । सिमभञ्ज्याङमा ५ फिट हिउँ जमेको छ । मौसम निकै चिसो हुँदा हिउँका पारखीले ठाउँठाउँङ्गा आगो बालेर न्यानो बनाएका छन् ।

यसपालि सिमभञ्याङसहित उत्तरी मकवानपुरको शिखरकोट, चित्लाङ, फाखेलसहितका क्षेत्रमा हिमपात भएको बताइएको छ । हिमपातसँगै अबरुद्ध टेफिफोन सेवा पनि सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?