+

एभर्टनले रोक्यो लिभरपुललाई, शीर्ष स्थानमा पुग्नबाट बन्चित

२०७५ फागुन  २० गते ७:२४ २०७५ फागुन २० गते ७:२४
एभर्टनले रोक्यो लिभरपुललाई, शीर्ष स्थानमा पुग्नबाट बन्चित

२० फागुन, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । कमजोर मानिएको एभर्टनसँग बराबरी खेलेसँगै लिभरपुलले शीर्ष स्थानमा पुग्ने अवसरलाई पनि गुमाएको छ ।

लिभरपुलविरुद्ध एभर्टनले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलअवधिभर आफ्नो पकडमा बल नियन्त्रण राख्न सकेपनि लिभरपुलले गोल गर्न भने सकेन । पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा लिभरपुलले खेल बराबरीमा टुंग्याएको हो ।

बराबरीसँगै लिभरपुलको २९ खेलबाट ७० अंक रहेको छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको भने समान खेलबाट ७१ अंक छ । यता, एभर्टनको भने २९ खेलबाट ३७ अंक मात्रै छ । लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २९ खेलबाट ६१ अंक हुँदा चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय