Comments Add Comment

जंगीअड्डामा सेना दिवस मनाइँदै

२० फागुन, काठमाडौं । नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच महाशिवरात्री एवं सेना दिवस मनाउँदैछ । सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

जंगीअड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार दिवसको अवसरमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिनेछ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन् ।

साढे १० बजेदेखि सुरु हुने औपचारिक कार्यक्रममा पहिले राष्ट्रपति भण्डारीलाई सलामी दिइनेछ भने इज्जत अर्पण कवाज समेत गरिनेछ । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौज लगायतका प्रदर्शनी समेत गरिने ढकाल बताउँछन् ।

‘प्यारासुटको माध्यमबाट फि्रफल जम्पको पनि प्रदर्शन गरिनेछ’, ढकालले भने, ‘७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी समेत प्रदर्शनको तयारी छ ।’

यसअघि सेनाले महाशिवरात्रीको पूर्वसन्ध्यामा निःशुल्क वृहत प्रदर्शनी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment