Comments Add Comment

केदारनाथको शीरमा बिन्दास बाबा !

२० फागुन, काठमाडौं । सरकारले सार्वजनिक स्थानमा धूमपान र मध्यपान निषेध गरेको छ । तर आफूलाई भगवान शिवका प्रतीक ठान्ने शिवरात्रिका बाबाजीहरुलाई यो कानुनले छोएको छैन ।

त्यसैले उनीहरु निस्फिक्री तमाखु तानिरहेका छन् र धुवाँको मुस्लो उडाइरहेका छन् । वरपरको वातावरण नै गाँजाको धुँवामय बनेको छ । युवा पिँढी उनीहरुप्रति आकर्षित हुन्छन् र नक्कल गर्न थाल्छन्, मानौं ‘शिवजीको बुटी’मै छ सांसारिक सुख !

चुरोट वा गाँजाको धुँवाले स्वयम् आफूलाई त हानी गर्छ नै वरपरका मानिसहरुलाई पनि त्यसले नकारात्मक असर पुर्‍याउँछ । त्यसैले सरकारी निकायले पनि यसबाट टाढा रहन सूचित गर्छन् । जनचेतनाका कार्यक्रममा लाखौं बजेट खर्च गर्छन् ।

तर, शिवरात्रिको दिन सरकार चूप छ । कानुन कार्यान्वयनको निकाय प्रहरी प्रशासन पनि तैं चूप मै चूपको स्थितिमा छन् । महाशिवरात्रिको दिन केदारनाथको शिर भनेर पुजिने डोलेश्वर महादेवको मन्दिर वरपर यस्तै दृष्य देखियो ।

डोलेश्वर महादेवको मन्दिरमा पूजा गर्ने भक्तजन र साधु सन्तहरुको घुइँचो छ । डोलेश्वर मन्दिरमा चार ढोका छन् । पश्चिमको मूलढोका सधैं खुला हुन्छ ।

वर्षको ३ पटक वैशाख र जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वार्षिकोत्सव भदौ ६ गते र शिवरात्रिको दिन सर्वसाधारण भक्तजन आफैंले मन्दिरभित्र शिवलिंग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ ।

अरू बेला भक्तहरूको फूलमाला, पूजा सामान र भेटी आदि पुजारीहरूले मात्र चढाइदिएर भक्तजनलाई फिर्ता दिने व्यवस्था छ । शिव अर्थात् महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक विश्वास छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment