Comments Add Comment

झण्डै एक अर्बको लगानीमा विराटनगरमा खुल्यो सेन्ट्रल मल

२१ फागुन, विराटनगर । झण्डै एक अर्बको लगानीमा विराटनगरमा सेन्ट्रल मल सञ्चालनमा आएको छ । स्ट्रिट लेन डिजाइनमा निर्माण भएको मल सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

मलको सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । विराटनगरको व्यवसायीक घराना विशाल ग्रुप, देवेनरा गु्रप र हाइलाइफ गु्रपले प्रदेश १ मा पहिलो पटक एउटा सडकबाट छिरेर अर्काे सडकमा निस्कन सकिने स्टि्रट मल सञ्चालनमा ल्याएका हुन् ।

मल भित्र सेन्ट्रल मल्टिप्लेक्स सहित एकसय चारवटा स्टलहरु छन् । भारतीय आर्किटेक केतनी विमानीको डिजाइनमा मल बनाइएको हो ।

सेन्ट्रल मलको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले ठूलो सोच, हिम्मत र साहस लिएर यति ठुलो मलको निर्माण गरेको भन्दै लगानीकर्ताहरुको प्रशंसा गरे ।

‘सानो सोच र आँटको कारणले आज हाम्रो देश बन्न सकेन, फराकिलो आँट र सहासको खाँचो छ’ मुख्यमन्त्री राईले भने- ‘ठूलो सोच र आँटबाट मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा सम्बोधन गर्न सक्छौ ।’

राईले लगानीका लागि उपयुक्त नीतिहरुको तर्जुमा गर्ने काम थालिसकेको र निकट भविष्यमै लगानी सम्मेलन र परियोजना बैंक स्थापना गरिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment