Comments Add Comment

दर्शकले रुचाउनुभयो भने बोल्ड भूमिका पनि गर्छुः उपासना

चलचित्र ‘क्याप्टेन’ रिलिजपश्चात अहिले नायिका उपासना सिंह ठकुरीको खुबै चर्चा छ । यो चलचित्रबाट निकै राम्रो तारिफ कमाएपछि उपासना पनि फुरुङ्ग छिन् । चलचित्रमा उनले गरेको कामलाई दर्शकले राम्रो भनेका छन् । मंगलबार आयोजित चलचित्रको विशेष शोमा पुगेकी उपासनासँग अनलाइनखबरले छोटो कुराकानी गरेको छः

‘क्याप्टेन’ चल्नु अगाडि यस्तो प्रशंसा पाउँछु भन्ने लागेको थियो ?
मैले त यस्तो माया पाउँछु भनेर सोचेकी नै थिइनँ । दर्शकले मलाई माया गरिदिनुभयो, एकदमै खुशी लागेको छ । दर्शकको यो मायाले नै अगाडि बढ्ने हौसला मिलेको छ ।

चलचित्र हेर्ने दर्शकले तपाइको के कुरा बढी मन पराउनुभयो भन्ने जस्तो लाग्छ ?
मलाई ठ्याक्कै त्यो कुरा त थाहा भएन । तर, धेरै मलाई तिम्रो अभिनय उत्कृष्ट लाग्यो भनेर नै म्यासेज गर्नुभएको छ ।

अनमोल केसीको छायामा पर्छु भन्ने डर थियो ?
त्यस्तो डर त मलाई कहिले पनि लागेन । अनमोलले गर्दा अझ मैले राम्रो काम गर्नुपर्छ भन्ने लागेको थियो । दर्शकले अहिले अनमोललाई जुन तरिकाले माया गर्नुभएको छ, यो उहाँले त्यतीकै पाएको माया होइन । उहाँले यहाँसम्म आउनका लागि निकै मिहिनेत गर्नुभएको छ । यसकारणले पनि अनमोललाई हेर्दा, मैले पनि त्यस्तै मिहिनेत गर्नुपर्छ भन्ने लागेको थियो ।

तपाइले ‘क्याप्टेन’को प्रतिक्रिया राम्रो आएन भने अगाडि चलचित्रमा काम गर्दिन भनेर बस्नुभएको थियो हो ?
त्यस्तो त होइन । तर, यो चलचित्रको प्रतिक्रिया भने पर्खिएर बसेकी थिएँ । मलाई आफू केही चाडै यो क्षेत्रमा आएँ कि भन्ने पनि लाग्छ । मलाई मिडिया क्षेत्र मन पर्छ । तर, अहिले नै आइहाल्छु भन्ने लागेको थिएनँ ।

‘क्याप्टेन’मा तपाइलाई दर्शकले साधारण यूवतीको भूमिकामा रुचाउनुभयो, अब बोल्ड भूमिकाको अफर आयो भने गर्न गाह्रो होला नि हैन ?
मैले त प्रयास गर्ने हो । दर्शकले मलाई जस्तो भूमिकामा रुचाउनुहुन्छ, त्यस्तैमा मैले काम गर्ने हो । दर्शकले मलाई बोल्ड भूमिकामा देख्न चाहनुभयो भने म त्यसमा पनि प्रयास गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment