+
+

बुढीगण्डकी डुवान क्षेत्रका घरगोठको लगत संकलन केही दिनमै

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १३:३६

२२ फागुन, गोरखा । बुढिगण्डकी आयोजनाको डुवान क्षेत्रका व्यक्तिगत जग्गामा रहेका घर, गोठ, फलफूल तथा वोटबिरुवा मूल्याङ्कनको प्रक्रिया अघि बढेको छ ।

मूल्याङ्कनका लागि केही दिनमा डुवान क्षेत्रमा जान लागेका गोरखातर्फका प्राविधिकलाई बुधबार मोवाइल एप्लिकेसन चलाउने तालिम दिइएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले मोवाइल एपमार्फत घर, गोठ बोटविरुवाको लगत संकलन गर्न लागेको छ ।

‘प्राविधिकहरुलाई मोवाइलमा एप्स चलाउन सिकाएर फिल्डमा पठाउछौ‌,’ इकाइ प्रमुख कृष्ण कार्कीले भने, ‘घरघरै गएर उहाँहरुले मोवाइल एप्सबाट घर, गोठ, फलफुल तथा बोटबिरुवाको लगत संकलन गर्नुहुन्छ ।’

दुई महिनाभित्रमा लगत संकलन गरिसक्ने लक्ष्यका साथ काम गर्न लागिएको इकाइ प्रमुख कृष्णबहादुर कार्कीले बताए ।  लगत संकलनपछि घर, गोठ, बोटविरुवाको दररेट निर्धारण गर्ने उनले बताए ।

तालिममा शहरी विकास तथा भवन कार्यालय, कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयका ४/४ जना प्राविधिक रहेका छन् । ‘भवन कार्यालयका प्राविधिकले घरगोठ सँगै अन्य भौतिक संरचनाको, कृषि कार्यालयका प्राविधिकले फलफूलको र वन कार्यालयका प्राविधिकले बोटविरुवाको लगत संकलन गर्नुहुन्छ,’ उनले भने ।

२०७२ साल चैत २१ गते अघिका घरगोठ, फलफूल तथा वोटविरुवाको मात्र मूल्याङ्कन गरिने उनले बताए । ‘चैत २१ गतेबाट हामीले जग्गा किनवेच देखि सबै कुरा रोक्नलाई सूचना नै जारी गरेका थियौ, त्यो भन्दा पछि भएका कुनै पनि कुराको मूल्याङ्कन हुदैन,’ उनले भने ।

फलफूलको मूल्याकंन गर्दा प्रति बोटबाट एक बर्षमा उत्पादन हुने संख्यालाई किलोमा रुपान्तरण गरी बजार भाउ अनुसारको मुआब्जा रकम निर्धारण गर्ने तयारी भएको कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा पण्डितले बताए ।

‘सामान्यतया बिरुवा रोपेको पाँचदेखि ३० बर्षसम्मको समयलाई उत्पादनको समय मानिन्छ,’ उनले भने । तर भुइँकटर र केराको हकमा भने यो लागू नहुने उनले जानकारी गराए ।

मुआब्जा निर्धारण गर्न बाकी रहेको गोरखाको आरुघाट र आर्खेत बजार क्षेत्रको पनि चाँडै मुआब्जा निर्धारण हुने इकाइ प्रमुख कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?