Comments Add Comment

प्रभाषलाई यूवती फ्यानको थप्पड

तेलुगु चलचित्र जगतमा चर्चित रहेका नायक प्रभाष अहिले विश्वमा चिनिएका छन् । ‘बाहुबली’को सफलतासँगै उनी विश्वभर चिनिए । उनको फ्यान क्रेज पनि गज्जबकै छ । हालैमात्र प्रभाषको एक भिडियो सार्वजनिक भएको छ । जहाँ उनलाई फ्यानले भेट्दा खिचिएको भिडियो अहिले भाइरल बनिरहेको छ । प्रभाषलाई देख्दा एक युवती फ्यान निकै उत्साहित बनेकी छिन् । उत्साहित हुँदै फोटो खिचाएकी उनले फोटो खिचेपछि प्रभाषको गालामा थप्पड लगाएकी छिन् ।

आफ्नो फ्यानको थप्पडमा प्रभाषले केही प्रतिक्रिया जनाएनन् । गालामा हात लगाउँदै उनी अर्का फ्यानसँग फोटो खिच्नमा व्यस्त बने । प्रभाष अहिले आफ्नो नयाँ चलचित्र ‘साहो’मा व्यस्त छन् । उनको यो चलचित्रलाई पनि प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । यो चलचित्रमा श्रद्धा कपुरको पनि मुख्य भूमिका छ । यो चलचित्रलाई हिन्दी, तामिल र तेलुगु भाषामा एक साथ रिलिज गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment