Comments Add Comment

मुकेश अम्बानीको छलाङ, भाइ अनिल भयंकर आर्थिक संकटमा

काठमाडौं । अमेरिकी म्यागजिन फोर्ब्सले सन् २०१९ को अर्बपतिहरुको सूची सार्वजनिक गर्दा भारत धनाड्य मुकेश अम्बानीले ठूलै छलाङ मारेका छन् ।

उनी शीर्ष दशबाट अब तीन कदम मात्र पछाडि अर्थात १३ औं नम्बरमा परेका छन् । सन् २०१८ मा मुकेश अम्बानी फोब्सको १९ औं स्थानमा रहेका थिए भने २०१७ मा ३३ औं स्थानमा । तर, यो पटक ६ स्थान माथि उक्लिएका हुन् ।

यो सूचीमा उनका भाइ अनिल अम्बानी पनि छन् । तर, तर १३४९ औं स्थानमा ।

शीर्ष १०० चार भारतीय

पछिल्लो वर्षको तुलनामा मुकेश अम्बानीको कुल सम्पत्तिमा करिब दश अर्र्ब डलर बढोत्तरी भएको छ ।

सन् २०१८ मा उनको कुल सम्पत्ति ४०.१ अर्ब डलर थियो । जुन बढेर २०१९ मा पचास अर्व डलर भएको छ । सन् २०१७ मा मुकेश अम्बानीलाई ‘ग्लोबल गेम चेन्जर’को उपाधी दिइएको थियो । यो सूचीमा मुकेशका भाइ अनिल अम्बानीलाई पनि समावेश गरिएको छ तर १३४९ औं स्थानमा छन् ।

सन् २००८ को सूचीमा अनिल छैठौं स्थानमा थिए ।

कुरा २००७ को हो, अम्बानी दाजुभाइ मुकेर र अनिलको भागवण्डा भएको दुई वर्ष ात्र भएको थियो । फोब्र्सको अर्बपतिहरुको सूचीमा दुबैले ठूलो छलाङ मारेका थिए ।

त्यस वर्षको सूची अनुसार अनिलको सम्पत्ति ४५ अर्ब डलर थियो भने मुकेशको ४९ अर्ब डलर । २००८ मा धेरैले मानेका थिए कि अनिलले दाइ मुकेश भन्दा अगाडि जानेछन् । खासगरी रिलायन्स पावरको पब्लिक इश्यू आउनु अगाडि ।

उसको महत्वकांक्षी परियोजनाको शेयरको मूल्य एक हजार भारु पुग्ने अनुमान थियो । यस्तो भएको भए अनिल दाइ मुकेश भन्दा अगाडि जाने थिए । तर, त्यसो भएन ।

२०१९ मा आइपुग्दा मुकेशको सम्पत्ति ५० अर्ब डलर पुगेको भने अलि १.७ अर्बमा खुम्चिएका छन् ।

पुरा हुन नसकेको सपना

एक दशक पहिले अनिल अम्बानी सबैभन्दा धनी भारतीय बन्ने संघारमा थिए । त्यसबेला उनको कारोबार र नयाँ उद्यामबारे भनिन्थ्यो कि सबै अगाडि बढेको छ र पुरा फाइदा उठाउन अनिल तयार छन् । आर्थिक मामिलाका जानकारहरु पनि मान्थे कि अनिलसँग भिजन र जोश दुबै छ । उनी २१ आंै सताब्दीका उद्योगी हुन् र उनको नेतृत्वमा भारतमा एक बहुराष्ट्रिय कम्पनी उदाउनेछ ।

तर, त्यसो भएन । उनी भारतको कारोबारी इतिहासमा असफल उद्यामीको सूचीमा परेका छन् । मात्र एक दशकमा ४५ अर्ब डलरको सम्पत्ति डूब्नु सानो कुरा होइन । उनको कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ, ऋणको भारी बढ्दो छ । अब कुनै नयाँ व्यवसाय सुरु गर्ने अवस्थामा पनि छैनन् ।

र, जम्मा ५ सय करोड भारतीय रुपैयाँ ऋण तिर्न नसकेर अनिल अम्बानी जेल जानुपर्ने हुनसक्छ ।

शीर्ष १० मा कोको छन् ?

अमेजनका संस्थापक जेफ बेजोस दुनियाँका सबैभन्दा धनाड्य व्यक्ति बनेका छन् । उनी १३१ विलियन डलर अर्थात १३१ अर्व रुपैयाँका मालिक हुन् ।

दोश्रो स्थानमा बिल गेट्स (९६.५ विलियन डलर) र तेश्रो स्थानमा वारेन बफेट (८२.५ बिलियन डलर) छन् । फ्रान्सका एलभीएमएचका प्रमुख कार्यकारी अधिकृत बर्नार्ड अर्नल्ट ७६ बिलियज डलरसहित चौथो स्थानमा छन् । ल्याटिन अमेरिकाको मोबाइल कम्पनी ‘अमेरिका मोभिल’ तथा टेलम्याक्सका मालिक कार्लोस स्लिम हेलू ६४ बिलियन डलरसहित पाँचौ स्थानमा रहेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरवर्ग ६२.३ विलियन डलरका साथ तीन स्थान तल झर्दै आठाैं स्थानमा रहेका छन् भने न्युर्योकका पूर्वमेयर माइकल व्लूमबर्ग ५५.५ बिलियन डलरका साथ दुई स्थानमाथि चढेर नवौं स्थानमा रहन सफल भएका छन् ।

त्यस्तै, शीर्ष दशको सूचीमा स्पेनिस व्यापारी तथा जारा फेशन चेनका ८२ वर्षिया अमानसियो ओर्टेगा (६२.८ अर्व डलर) छैटो स्थानमा, ओरेकलका सह–संस्थापक लेरी इलिसन (६२.५ अर्व डलर) साताैं स्थानमा तथा गूगलका पहिलो सिइओ लेरी पेज (५०.८ अर्व डलर) दशौ स्थानमा रहेका छन् ।

अर्बपतिको सूचीमा महिला

पछिल्लो दश वर्षमा महिला अर्बपतिको संख्यामा एक सय ६७ प्रतिशत बढोत्तरी भएको छ ।

सन् २०१० मा महिला अर्बपतिको कुल संख्या ९१ थियो । जुन २०१९मा बढेर दुई सय ४३ भएको छ ।

यस पटक दुईजना महिला लोरियलकी फ्रैकोइस बेटनकोर्ट र क्रिस्टल ब्रिजेस म्युजियम अफ अमेरिकन आर्टकी एलिस वाल्टनमा टप बीसमा पुग्न सफल भएका छन् । लिलियन बेटनकोर्ट फ्रासेली कस्मेटिक कम्पनी लोरियलकी उत्तराधिकारी हुन् । जबकी एलिस वाल्टर अमेरिकन सुपरमार्केट वालमार्टका संस्थापक स्यामएल मोर वाल्टन (स्याम) वाल्टनकी एक मात्र छोरी हुन् ।

केली जेनर सबैभन्दा कम उमेरकी अर्बपति बनेकी छन् । किम कार्दशियन परिवारकी केली २१ वर्षको उमेरमा नै अर्बपतिहरुको सूचीमा पर्न सफल भएकी हुन् । उनले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्दै विश्वकै कम उमेरको अर्बपतिको सुचीमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् । मार्क जुकरवर्ग २३ वर्षको उमेरमा अर्बपति बन्न सफल भएका थिए ।

केली जेनर केली कस्मेटिक चलाउँछिन् । उनले तीन वर्ष पहिले मात्र यो कम्पनी खोलेकी थिइन् । यो कम्पनीले गएको वर्ष ३६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेकी थिइन् । जेनरले फोब्ससित भनिन्,‘म भविष्यको पूर्वानुमान पनि लगाउँदिन ।’

फोब्सको २०१९ को सूचीमा दुई हजार एक सय ५३ व्यक्ति समावेश थिए । जुन २०१८ को तुलनामा कम हो । सन् २०१८ मा अर्बपतिको संख्या दुई हजार दुई सय आठ रहेको थियो । यो वर्ष अर्बपतिको कुल सम्पत्ति आठ हजार सात सय अर्व डलर रहेको रहेकोमा सन् २०१८मा यो संख्या नौ हजार एक सय अर्व डलर रहेको थियो ।

फोब्सले यो सुची आठ फरवरीको कम्पनीको शेयर र विनिमय दरको आधारमा तयार पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment