+

डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

२०७५ फागुन  २३ गते १९:०२ २०७५ फागुन २३ गते १९:०२
डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

२३ फागुन, बिर्तामोड । क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ  ।

अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबले डफिन्ससँग प्रतिस्पर्धा गर्ने छ भने आयोजक झापा एघारले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

रुपन्देहीमाथि जित हात पार्ने क्रममा डफिन्सले ३८औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको डफिन्सले खेलको दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । ८७ औं मिनेटमा डफिन्सले गोल गर्दै रुपन्देहीलाई २-० गोलअन्तरले पराजित गरेको छ ।

शुक्रबार हुने पहिलो सेसिफाइनलमा झापा एघारले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय