Comments Add Comment

नारी समाजका एक उत्कृष्ट शिल्पकार 

नारी सम्बन्धी अनमोल बचन

तपाईंकी छोरी, जो कसैकी बुहारी हुन्छिन् । कसैकी श्रीमती हुन्छिन् । कसैकी आमा हुन्छिन् । कसैकी दिदी-वहिनी हुन्छिन् ।

एक महिला, अनेक स्वरुप । अर्थात नारीको रुपमा जन्म लिएपछि उनीहरु सधै छोरी-चेली रहँदैनन् । समयक्रमसँगै उनीहरुको भूमिका फेरिन्छ, चिनारी फेरिन्छ । भोलि कसैकी श्रीमती हुनेछिन् । कसैकी बुहारी । कसैकी भाउजु । र, कसैकी आमा ।

यि अनेक स्वरुपभित्र आफुलाई समेटेर बाँचेकी हुन्छिन्, महिला ।

जन्मदिने आमाबुवालाई छाडेर उनले अरुको घर सम्हाल्नुपर्छ । जन्मजात चिनारी छाडेर अर्काको विशेषणमा आफुलाई चिनाउनुपर्छ । पराई संसारमा आफ्नो छुटै पारिवारिक रचना गर्नुपर्छ ।

सृष्टि नै महिलाको गर्भबाट रचना हुन्छ । यसर्थ उनी आफैमा प्रकृतिको अनुपम रचना हुन् । तर, पितृसत्ता सोंच र चिन्तनले थेचरिएको हाम्रो समाजमा महिलाहरु उन्मुक्त रमाउन सकेका छैनन् । उनीहरु आफ्नो इच्छा, आंकक्षा, चाहनालाई घरको चार दिवारभित्र खुम्चाएर बस्न बाध्य छन् ।

घरको काम छोरी-बुहारीले गर्नुपर्ने । भात-भान्सा छोरी-बुहारीले सम्हाल्नुपर्ने । बालबच्चा छोरी-बुहारीले हुर्काउनुपर्ने । हाम्रो सामाजिक संरचना नै यस्तो छ कि, घर-भित्रको यावत् काम छोरी-बुहारीले झेल्नुपर्ने ।

नारी स्वभावले कोमल हुन्छन् । सहनशिल हुन्छन् । वास्तवमा भन्ने हो भने, घर-परिवारको मियो हुन् नारी ।

-सुयोग्य स्त्री परिवारकी शोभा तथा गृहकी लक्ष्मी हुन् ।

-महिला समाजकी वास्तविक वास्तुकार हुन् ।

-जब तपाईं एक व्यक्तिलाई शिक्षित बनाउनुहुन्छ, तब एउटा व्यक्ति शिक्षित हुन्छन् । तर, जब तपाईं एक स्त्री शिक्षित गर्नुहुन्छ, तब तपाईं एक पीढींलाई शिक्षित बनाउनुहुन्छ ।

-पृथ्वीका जस्तै क्षमता, सूर्यको जस्तै तेज, समुद्रकी जस्तै गंभिरता, चन्द्रमाको जस्तै शीतलता, पर्वतको जस्तै उच्चता एकसाथ नारीको हृदयमा दृष्टिगोचर हुन्छ ।

-जसले स्त्रीको अपमान गर्छन्, उसले आमाको अपमान गर्छ ।

-संसारमा यस्तो कुनै मनोहर वस्तु छैन, जति सुशील र सुन्दर नारी ।

-जहाँ नारीको आदर हुन्छ, त्यही देवताको निवास हुन्छ ।

-महिला यस समाजको वास्तविक आर्किटेक्ट हुन् ।

-यदि स्त्री प्रशन्न रहन्छन् भने सारा कुल प्रशन्न हुन्छ ।

-नारी प्रेम गर्नका लागि बनेकी हुन्, सम्झनका लागि होइन ।

-मलाई थाहा छैन कि महिला केही यस्तो चिज किन खोज्छन्, जो पुरुषसँग छ । जबकी महिलासँग जो चिज छ, त्यसमा एक पुरुष हो ।

-मैले देखेको छु कि जब पुरुष महिलासँग प्रेम गर्छ, उसले आफ्नो जीवनको केही हिस्सा दिन्छ । तर जब महिला प्रेम गर्छिन्, सबैकुरा दिन्छिन् ।

-हरेक सफल व्यक्तिको पछाडि एक महिलाको हात हुन्छ ।

-नारीको जीवन अर्थात सन्तोषको परिभाषा हो ।

-नारी सुखका त्यो सरिता हुन्, जसमा पुरुष प्रवाहित भएर आफ्नो दुःखबाट पार पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment