Comments Add Comment

प्रदेश स्तरीय ह्वीलचियर बास्केटवल प्रतियोगिता शुरु

२४ फागुन, बुटवल । शारीरिक अपांगता भएका व्यक्ति ह्वीलचियरमा गुडेको देख्नु नौलो होइन । तर बुटवलमा शुक्रबार विल्कुलै नौलो दृश्य देखियो । दर्जनौं अपांगता भएका व्यक्ति ह्वीलचियरमा गुड्दै बास्केटबल खेलमा प्रतिस्पर्धा गर्दै थिए ।

लायन्स क्लब अफ बुटवल सयपत्री र नेपाल स्पाईनल कर्ड इन्जुरी संघको संयुक्त आयोजनामा बुटवलमा प्रदेशस्तरीय ह्वीलचियर बास्केटवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका ह्वीलचियर प्रयोगकर्ता १२ वटा टिमको सहभागिता छ ।
सात प्रदेशबाट १—१ गरी पुरुषको ७ वटा टिम, प्रदेश १, ३, ५ र सुदुरपश्चिम प्रदेशबाट १—१ गरि ४ वटा महिला टोली र नेपाली सेनाको विभागीय टोली गरी जम्मा १२ टिम को सहभागिता रहेको छ ।

पहिलो दिनको खेलबाट ७ वटा टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् । बुटवल–११ देवीनगरस्थित भुपु सैनिक क्लवको कोर्टमा प्रदेश नंं. ५ र प्रदेश नं.१ का महिला बीचको प्रतिपर्धामा १२–२४ ले प्रदेश ५ विजयी भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश र प्रदेश नं.३ का बीचमा भएको प्रतिपर्धामा ४–१० ले प्रदेश ३ विजयी भएको छ । यस्तै प्रदेश नं. ३ र गण्डकी प्रदेशका पुरुष खेलाडीबीचमा भएको प्रतिस्पर्धामा प्रदेश ३ विजयी भएको छ ।

यस्तै प्रदेश नंं. १ र प्रदेश २ का बीचमा भएको खेलमा प्रदेश २ विजयी भएको छ । यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विचमा भएको प्रतिस्पर्धामा कर्णाली प्रदेश विजयी भएको छ । यस्तै प्रदेश ५ र नेपाल आर्मीबीचमा भएको प्रतिस्पार्धामा १०–४६ अंकले नेपाल आर्मी विजयी भएको छ ।

यस्तै प्रदेश नम्बर ३ र कर्णाली प्रदेशबीचमा भएको प्रतिस्पर्धामा २४–१२ अंकका साथ प्रदेश ३ विजयी भएको छ । यस्तै प्रदेश नम्बर २ र प्रदेश ५ का बीचमा भएको खेलमा १६–१२ अंक सहित प्रदेश २ तथा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश विचको प्रतिस्पर्धामा गण्डकी प्रदेश १५–० ले विजयी भएको छ ।

प्रतियोगितामा महिला तथा पुरुष टिम पहिलो हुनेले २५—२५ हजार, दोस्रोले २०—२० हजार, तेस्रोले १५—१५ हजार रुपैयाँ पुरस्कार पाउने कार्यक्रम संयोजक एली क्षेत्रीले जानकारी दिइन् । प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment