
नायक आर्यन सिग्देल पिता बन्दैछन् । उनको श्रीमती सपना भण्डारीले २०७६ सालको नयाँ वर्षमा सन्तानलाई जन्म दिदैछिन् । बिबाह गरेको ५ वर्षपछि उनीहरुले सन्तानलाई जन्म दिन लागेका हुन् ।
आइतबार सपनाले आफ्नो फेसबुकमा केही ‘बेबी बम्प’ तस्बिरहरु पोस्ट गर्दै आफ्नो सन्तान नयाँ वर्षमा जन्मिने बताएकी छिन् । सार्वजनिक तस्विरमा आर्यन र सपना निकै रोमान्टिक बनेका छन् । तस्विर हेर्दा लाग्छ, उनीहरु सान्तान जन्मिन लागेकोमा खुसी छन् ।
एक तस्विरमा आर्यनले क्लाप बोर्डमा ‘रिलिजिङ न्यु इयर’ लेखेका छन् । कतै सपनालाई चुम्बन गरिरहेका आर्यनले एक तस्विरमा त बच्चा बोकेको जस्तो पनि गरेका छन् । आर्यन र सपनाको यो रोमान्टिक तस्बिरले उनीहरुको खुशी व्यक्त गर्दैछ । नायक आर्यन सिग्देल अहिले चलचित्र ‘चच हुई’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन पश्चात आर्यनले सपनालाई पुरा समय दिनेछन् ।
तस्वीरः सपनाको फेसबुकबाट
प्रतिक्रिया 4