Comments Add Comment

जब कुसुमे रुमाल बोकेर तुलसी घिमिरे नेपाल आए

'अहिले नेपाली चलचित्र क्षेत्रमा लटर-पटर चलिरहेको छ'

एउटा कालखण्ड नेपाली चलचित्र क्षेत्रलाई धानेका तुलसी घिमिरेको नाम चलचित्र क्षेत्रबाट हटाइयो भने के होला ? उनको नाम हटाइयो भने शायद नेपाली चलचित्र क्षेत्र ‘थोते’ हुन्छ । तलसी घिमिरे नेपाली चलचित्र क्षेत्रका धरोहर हुन् ।

विगतमा मुम्बईमा सहायक सम्पादक भएर काम गरिरहेका तुलसीलाई चलचित्रको निर्देशक बन्छु भन्ने थिएन । अझ, नेपाली चलचित्रमा निर्देशक बन्छु भन्ने त उनको दिमागमा आएकै थिएन । तर, नियतिले उनलाई मुम्बईबाट नेपाल पठाइदियो र जुनीभर नेपाली चलचित्रको सेवामा खटाइदियो ।

नेपालमा त्यो समय निकै कमैमात्र चलचित्रहरु निर्माण भएका थिए । मुस्किलले एक दर्जन चलचित्र पनि बनिसकेका थिएनन् । त्यस समय नेपाली चलचित्रको सम्पादन पनि मुम्बईमा नै हुन्थ्यो ।

त्यही क्रममा सिन्दुर नामक चलचित्रको एउटा गीत सम्पादनका लागि निर्देशक प्रकाश थापा मुम्बई पुगे । उनी तुलसी घिमिरेले काम गर्ने अफिससम्म पुगे । तुलसीका गुरु कमलाकार कार्खानिसले उक्त गीतको सम्पादन गर्ने जिम्मा तुलसी घिमिरेलाई दिए ।

नेपाली चलचित्रको गीत सम्पादन गर्ने मौका पाएकोमा तुलसीको मन फुरुङ्ग भयो । तुलसीले प्रकाश थापासँग नेपाली भाषामा कुरा गर्दै सम्पादन गरिरहेका थिए । उनीहरुले बोलेको भाषा तुलसीका गुरुले बुझिरहेका थिएनन् ।

कुसुमे रुमाल रिलिजको समयमा तुलसी घिमिरे मुम्बईबाट नेपाल आए । चलचित्रले राम्रो छाप बनायो । १० वटा फिल्म बनाइसकेपछि उनी पुनः मुम्बई फर्किने तयारीमा थिए । तर, नीर शाह लगायत मित्रहरुले उनलाई काठमाडौंमै रोके ।

गीतको सम्पादन सकेर प्रकाश फर्किएपछि गुरुले तुलसीलाई सोधे, ‘तिमी त्यो निर्देशकसँग कुन भाषामा कुरा गरिरहेका थियौँ ?’ ‘नेपाली’, तुलसीले उत्तर फर्काए । तुलसी घिमिरे नेपालीभाषी भएको कुरा बल्ल उनका गुरुले पत्तो पाए ।

यहीवीच गुरु पूणिर्मा आयो । गुरुले आˆना सम्पूर्ण चेलाहरुलाई भेला गरे । ३५ जना थिए उनका चेला । उपस्थित सबैले गुरुलाई पुजे । गुरुले पनि सबैलाई गुरुमन्त्र र आशिर्वाद दिए ।

पालो आयो तुलसी घिमिरेको । उनी गुरुसम्म पुगे । गुरुले भने, ‘तिमी नेपाली हौ, तिमीले अब १० वटा नेपाली भाषाको चलचित्र बनाऊ । तिमीलाई यही हो गुरुमन्त्र र आशिर्वाद ।’

तुलसी छक्क परे । तुलसीसँग पैसा थिएन । कसरी बनाउने होला १० चलचित्र ? उनलाई डर लाग्यो । सबै चेलाहरुका अगाडि पैसा छैन भनौं भने लाज हुने डरले उनले ‘हस्’ भने ।

तर, अर्कोचोटि भेट्न नपाउँदै उनका गुरुको निधन भएको खबर आयो ।

गुरु सामु बोलेको ‘हस्’ शब्दले उनलाई पोल्न थाल्यो । चलचित्र बनाउनका लागि उनीसँग पैसा थिएन । ‘कसरी १० वटा चलचित्र बनाउने ?’

तुलसीले साथी हनिश छिपा र राजकुमार शर्मासँग यस विषयमा सल्लाह लिए । सल्लाहले स्कृप्ट र डाइलगसम्म काम गर्ने तय भयो । उनीहरु त्यसमा जुटे ।

पहिलो गाँसमा ढुंगा

तुलसीसँग एउटा कन्सेप्ट थियो । चलचित्रको नाम ‘बाँसुरी’ राखे । स्त्रिmप्ट र डाइलग पनि तयार भयो । रञ्जित गजमेरलाई भनेर संगीत पनि तयार गरे । तुलसी सम्झन्छन्, ‘पैसा सबैथोक हैन रहेछ, पैसाविना पनि हामीले चलचित्रको काम सुरु गर्यौँं ।’

सबै तयार भएपछि तुलसी घिमिरेका अर्का साथी एलपी दियालीमार्फत् एक बंगाली साथी भेटिए । उक्त बंगाली साथीले चलचित्रमा लगानी गरिदिने वाचा गरे ।

‘लगानी गरिदिने मान्छे पाएपछि घिमिरेको खुसीको सीमा रहेन । बाकीँ रहृयो, कलाकार छान्ने । तुलसीले त्यो समय हिन्दी चलचित्रमा काम गरिरहेका दुई कलाकारलाई आˆनो चलचित्रमा लिए । उनीहरु थिए- राकेश पाण्डे र रजनी शर्मा । नेपाली चलचित्र बाँसुरीको छायांकन सुरु भयो ।

उनीहरुको लक्ष्य कम बजेटमा चलचित्रको निर्माण सक्नु थियो । उनीहरु रेलमा यात्रा गरेर सुटिङ गर्थे । तुलसी सम्झन्छन्, ‘निर्माताको पैसा धेरै खर्च हुने डरले हामी जहिल्यै रेलमा आवत-जावत गरेर सुटिङ गथ्यौँ ।’

कालिम्पोङमा चलचित्रको छायांकन गरिएको थियो । चलचित्र जम्माजम्मी ४ लाख ७५ हजार भारु लगानीमा तयार भएको सुनाउँदै घिमिरे भन्छन्- ‘हामी सबैले धेरै कुरामा फारुतिनो गरेर कम लगानीमै चलचित्रको छायांकन सक्यौँ ।’

तर, विडम्वना, चलचित्रमा समावेश गरिएको एक गीतका कारण नेपालीका लागि भनेर बनाएको उक्त चलचित्र नेपालमा रिलिज गर्न पाएनन् । उनको पहिलो गाँसमै ढुंगा लाग्यो ।

घिमिरे सम्झिन्छन्, ‘चलचित्रमा हिमाल जलेर ज्वाला भएछ बोलको गीत राखेको थिएँ । त्यहाँ मैले हिरोको भावना व्यक्त गरेको थिएँ । तर, कोको चम्चाहरुले तुलसीले त नेपालको हिमाल जलायो भनेर रिलिजमै रोक लगाए ।’

घिमिरेले उक्त चलचित्र भारतमा मात्रै रिलिज गरे । चलचित्रले त्यहीँबाट लगानी पनि उठायो । ‘धेरै नाफा त भएन, जति ठाउँमा चलचित्र देखायौँ, त्यहाँ चलचित्रले प्रशंसा नै गर्नुभयो,’ घिमिरे भन्छन्, ‘चलचित्रले राम्रो नाफा नदिएपछि निर्माता अर्को चलचित्रमा लगानी गर्न तयार भएनन् ।’

कुसुमे रुमाल बोकेर काठमाडौं !

निर्माता नपाएपछि तुलसीलाई अर्को चलचित्र बनाउन गाह्रो भयो । तर, पछि साथीसँग मिलेर ‘कुसुमे रुमाल’ बनाउने भए । ‘कसैले ५ हजार, कसैले १० हजार’, उनी भन्छन्, ‘जोसँग जति-जति थियो, त्यहीँअनुसार नै पैसा हालेर कुसुमे रुमाल तयार गर्‍यौं ।’

पछिल्लो समय तुलसीको निर्देशनमा रिलिज भएको ‘दर्पण छाया २’ ले उनलाई नराम्रो झड्का दियो । त्यो असफलताले उनी केही ब्याक भएका छन् । यद्यपि उनी नयाँ चलचित्रको कथा लेखिरहेका छन् ।

रिलिजको समयमा वितरक कम्पनीसँग कुरा गर्न तुलसी घिमिरे नेपाल आए । तुलसी भन्छन्, ‘नेपाल आएपछि उद्धव पौडेलसँग भेट भयो । उहाँले नेपाली प्रोडक्सनमा बनायो भने सरकारले ५० प्रतिशत दिन्छ भनेपछि चलचित्रलाई गोपीकृष्णको ब्यानरमा रिलिज गर्‍यौँ ।’

उक्त चलचित्रले नेपाली चलचित्र क्षेत्रमा निकै राम्रो छाप बनायो । अब उनी १० वटा चलचित्र बन्नेमा ढुक्क भए । लामो स्वास लिएर घिमिरे भन्छन्, ‘त्यसपछि त मैले करिअरमा पछाडि फर्किएर हेर्नुपरेन । मैले सजिलै १० वटा चलचित्र तयार गर्न सकें ।’

घिमिरेले आफ्नो दशौं चलचित्रका रुपमा ‘दक्षिणा’ निर्माण गरेका थिए । ‘मैले गुरुसामु गरेको वाचा पूरा भएको थियो,’ घिमिरे भन्छन्, ‘त्यसैले उहाँकै कथामा उहाँलाई नै समर्पित गरेर दक्षिणा बनाएँ ।’

गुरुको वाचा पूरा भयो । अब तुलसी पुनः मुम्बई फर्किने तयारीमा जुटे । तर, प्रकाश थापा, बीएस थापा, नीर शाहलगायत केही तुलसीका मित्रहरुले उनलाई रोके । ‘तिमी यहाँ धेरै दर्शकका मनमा बसिसकेका छौँ, आखिर त्यहाँ गएर पनि पैसा नै त कमाउने हौ, नजाउ ।’

धेरै साथीहरुबाट यो वचन सुनेपछि घिमिरे नेपालमै रोकिए । र, यहीँ बसेर नियमित रुपमा चलचित्रहरुको निर्देशन गर्दै गए । अन्ततः तुलसी नेपाली चलचित्र क्षेत्रको सबैले मान्ने निर्देशक कहलिए । उनी आˆनो यो सफलतामा खुसी हुँदै भन्छन्- ‘जब कसैले ‘तुलसी इज सक्सेसफुल डाइरेक्टर’ भन्नुहुन्छ, त्योबेला खुसी नै लाग्छ ।’

साथीहरुले मुम्बई जानबाट रोकेपछि तुलसीले त्यसपश्चात् काठमाडौं छाडेर अन्त जाने मन गरेनन् । घिमिरे भन्छन्, ‘१० वटा चलचित्र बनाएपछि मुम्बई फर्किएको भए सायद काठमाडौं आउने थिइनँ होला । लगातार काम गर्न थालेपछि यही क्षेत्रको माया लाग्न थाल्यो ।’

दर्पण छायाँ- २ पछि के ?

पछिल्लो समय तुलसीको निर्देशनमा ‘दर्पण छाया २’ रिलिज भयो । तर, त्यस चलचित्रले उनलाई नराम्रो झड्का दियो । चलचित्रबाट उनलाई सफलता मिलेन । अहिलेका नयाँ दर्शकलाई ध्यानमा नराख्दा घिमिरे चिप्लिए ।

त्यस चलचित्रको असफलताले तुलसी केही ब्याक भएका छन् । ‘एउटा चलचित्र नराम्रो भएपछि अर्को चलचित्र तुरुन्तै बन्न सम्भव हुन्न’, घिमिरे भन्छन्, ‘उक्त चलचित्रमा मैले क कमी कमजोरी गरंे, त्यो पत्ता लगाएर मात्रै अर्को चलचित्रमा काम सुरु गर्छु । त्यसैले अहिले हतार गरेको छैन ।’

तुलसी चुप लागेर बसेका भने छैनन् । उनी केही कथा लेखिरहेका छन् । उनी भन्छन्, ‘म अहिले दुईवटा विषयमा लेखिरहेको छु ।’

घिमिरे अहिलेका युवा पुस्तालाई आफ्नो बाल्यकालमा फर्काउने कोसिस गरिरहेका छन् । उनी भन्छन्, ‘अहिलेका केटाकेटीहरुलाई हाम्रो बाल्यकालका बारेका भन्यो भने छक्क पर्छन् । यो साच्चिँकै हो र भन्दै प्रश्न गर्छन् । त्यसैले एकपटक उनीहरुलाई हाम्रो बाल्यकाल देखाउँ कि भन्ने लागेर काम गरिरहेको छु । हेरौँ, अब कस्तो हुन्छ ।’

अहिलेको नेपाली चलचित्र क्षेत्र कसरी चलिरहेको छ त ? घिमिरे भन्छन्, ‘अहिले चलचित्र क्षेत्रमा अध्ययन नै कम भएको छ । धेरैजसो निर्माता र निर्देशकहरु लटरपटर फिल्म बनाएर नै अड्किनुभएको छ ।’

चलचित्र बनाउने क्रममा उनले सफलता र असफलता दुबै भोगे । ‘मेरो करिअरमा सबै चलचित्र सफल भएका छैनन् । असफलता पनि आए’, उनी थप्छन्, ‘तर, म सफल भएँ भन्दैमा मात्तिन्न र असफलतामा आत्तिन्न पनि ।’

घिमिरे आफ्नो जीवनको संघर्षलाई स्मरण गर्दै भन्छन्, ‘सधैं सुख नै सुख भन्ने छैन, दुःखहरु पनि आए । तर, मैले त्यसलाई उनले सामान्यरुपमा नै लिएँ ।’

‘अहिले लटरपटर काम भइरहेको छ’

अहिलेको नेपाली चलचित्र क्षेत्र कसरी चलिरहेको छ त ? यस क्षेत्रको विश्लेषणबारे जिज्ञासा राख्दा घिमिरे अहिलेको चलचित्र क्षेत्र अस्तव्यस्त रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले चलचित्र क्षेत्रमा अध्ययन नै कम भएको छ । धेरैजसो निर्माता तथा निर्देशकहरु लटर-पटर फिल्म बनाएर नै अडि्कनुभएको छ ।’

अहिले निर्माण भइरहेका नेपाली चलचित्रमा गम्भीर विषयलाई उठान गर्न नसकिएको घिमिरे बताउँछन् । उनी भन्छन्- ‘सानो विषय छनोट गरेर त्यसमा नै पूर्ण चलचित्र तयार गरिन्छ । यसले गर्दा पनि दर्शकहरु भडि्कएका छन् ।’

अहिले धेरैजसो निर्माता तथा निर्देशकहरु चलचित्र क्षेत्रलाई राम्रो बनाउँछु भन्ने भन्दा पनि चलचित्र मात्रै बनाउँछु भनेर आउने गरेको घिमिरे बताउँछन् । उनी भन्छन्- ‘यहाँ चलचित्र बनाउने भनेर आएका धेरै छन्, तर चलचित्र क्षेत्र बनाउँछु भनेर आउने कोही छैन् ।’

यदि चलचित्र निर्माता र निर्देशकहरुले चलचित्र मात्रै नभई चलचित्र क्षेत्रलाई नै उन्नत बनाउने सोच लिएर आउने हो भने निर्देशक मात्र सफल नभएर सिंगो चलचित्र क्षेत्र नै सफल हुने घिमिरेको विश्लेषण छ ।

तुलसी अब आफूले ‘गिभअप’ गर्ने समय आइसकेकाले यस क्षेत्र निकै सुध्रिएको हेर्न चाहान्छन् । भन्छन्, ‘अब त हामीले धेरै समय यस क्षेत्रमा रहेर काम गर्न सक्ने अवस्था छैन । अब गिभअप गर्ने समयमा नेपाली चलचित्र क्षेत्र विस्तृत भएको हेर्ने मन छ ।’

निर्देशक घिमिरे नेपाली चलचित्र क्षेत्रलाई सुधार गर्न र निर्मातालाई बचाउनका लागि अब ‘ग्रेडिङ सिस्टम’ सुरु गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यहाँ ग्रेडिङ सिस्टम सुरु गर्ने हो भने मात्रै राम्रा चलचित्रहरु चल्छन् र निर्माताले पनि आˆनो लगानी फिर्ता पाउँछन् ।’

ग्रेडिङ सिस्टम आएको खण्डमा धेरै निर्देशकहरुले आफ्नो चलचित्र ‘ए ग्रेड’को होस् भन्ने चाहाना राखेर मेहनत गरेर चलचित्र निर्माणमा लाग्नेछन् । ‘सबैलाई ए ग्रेडको नै रुचि हुन्छ र त्यो हुन त मेहनत चाहिन्छ । यसले केही स्तरोन्नति पक्कै गर्छ ।’

र, ग्रेडिङ सिस्टमका अनुसार राम्रो चलचित्रलाई मात्रै विदेश पठाउने हो भने त्यहाँका दर्शकबाट पनि चलचित्रले माया पाउने तुलसी बताउँछन् । उनी भन्छन्, ‘यहाँ त आˆनो रिलेशनका आधारमा मात्रै विदेशमा प्रदर्शन भइरहेको छ, यसले गर्दा नेपाली चलचित्रका दर्शकहरु भडि्करहेका छन् ।’

कलाकार प्रशंसनीय, प्राविधिक सुधार

अहिले नेपाली चलचित्र प्रविधिक हिसाबले भने धेरै अगाडि पुगेको घिमिरेको विश्लेषण छ । उनी भन्छन्, ‘सुरुवाती दिनमा हामीले काम गर्दा स्पोर्ट ब्वाई समेत बाहिरबाट ल्याउनुपर्ने अवस्था थियो । तर, अहिले त यहाँ राम्रा राम्रा टेक्निसियनहरु आउनुभएको छ । सबैको काम निकै प्रशंसनीय छ । राम्रा-राम्रा कलाकारहरु जन्किएका छन् ।

घिमिरे नेपाली चलचित्रका कलाकारहरुको पनि मुक्तकण्ठले प्रशंसा गर्छन् । उनी हषिर्त देखिँदै भन्छन्, ‘अहिले त हाम्रा कलाकारको प्रतिस्पर्धा यहाँका कलाकारसँग हैन, बलिउडको कलाकारसँग छ । यहाँका कलाकारले पनि त्यहाँको लेभलमा प्रस्तुति दिनुभएको पाउँछु ।’

तर, अहिलेका कलाकारहरुमा साथित्व र आपसी मित्रता नभएको तुलसीलाई भान हुन्छ । घिमिरेले अनलाइनखबरसँग भने, ‘एक पूर्ण र सफल कलाकार हुन उसमा अनुशासन हुनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment