Comments Add Comment

‘लभ स्टेशन’को दृश्य चोरिएको होइन, त्यो सामान्य कुरा होः प्रदिप खड्का

सार्वजनिक भएसँगै चर्चामा रहेको नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर अहिले केही विवादित बनेको छ । चलचित्रको ट्रेलरमा समावेश एक दृश्य हुबहु टर्कीको एक चलचित्रको दृश्यसँग मिलेपछि यसको आलोचना पनि भएको छ ।

‘हर से असक्तन’ नामक टर्कीमा बनेको चलचित्रको एक दृश्यसँग ‘लभ स्टेशन’को दृश्य हुबहु मिलेपछि आलोचना हुनु स्वभाविक नै हो । तर, नायक प्रदिप खड्काले भने आफ्नो जन्मदिनमा यो कुराको बचाउ गरेका छन् । उनले भने–‘तपाइहरु ढुक्क हुनुहोस्, चलचित्र राम्रो बनेको छ ।’ उनले अगाडि भने–‘यति धेरै बिषयमा चलचित्र बनेको हुन्छ, यसैले कतै न कतै मिल्न जान्छ । हामी सबैले गर्ने एउटै कुरा हो, तर नयाँ गर्ने हो ।’

प्रदिपले भने–‘राजकुमार हिरानीको चलचित्र त कसैसँग मिल्न जान्छ । राम्रो काम गर्ने हो, राम्रो काम कसैसँग प्रभावित हुँदा खासै फरक पर्छ जस्तो लाग्दैन ।’ यस्तै, नायक प्रदिप खड्काले जन्मदिनको अवसरमा आफ्नो मजाक गर्ने बानी छाड्ने समेत बताएका छन् । उनले भने–‘मेरो मजाक गर्ने बानीको चर्चा भैरहेको छ । कुनै नराम्रो बानी छ भने त्यसलाई छाड्न जन्मदिन नै कुर्नुपर्ने भन्ने छैन । सायद, यही बानी मेरो नराम्रो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment