Comments Add Comment

क्रिकेट रङ्गशाला निर्माणका लागि आमा समूहको साढे ६ लाख सहयोग

२७ फागुन, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’का लागि लमजुङ आमा समूह, यूकेले ६ लाख ५५ हजार ८५० रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेशनको कार्यालयमा सोमबार संस्थाका अध्यक्ष जुना गुरुङ्सहितका पदाधिकारीहरुले सहयोग रकम धुर्मुस र सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।

यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरणपछि संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफूहरु प्रभावित भएको प्रतिकि्रया दिइन् ।

सहयोग हस्तान्तरणका क्रममा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले देशकै गौरवको गरियोजना आफूहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकि्रयाले हौसला मिलेको बताए ।

फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सहयोगीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment