Comments Add Comment

जब एउटै होटलमा अक्षयकुमार र प्रियंका चोपडा डिनरमा पुगे 

अभिनेत्री प्रियंका चोपडा लामो समय अविवाहित रहिन् । त्यसबीचमा उनीसँग केही अभिनेताको नाम जोडियो । शाहिद कपूरदेखि शाहरुख खानसम्म । विवाहित शाहरुखसँग निकै हिमचिम बढेपछि शाहरुख पत्नी गौरी खानले हस्तक्षेप गर्नुपरेको समेत चर्चा मिडियामा चलेको थियो ।

यसैगरी एकताका उनको नाम ‘खिलाडी ब्वाई’ अक्षयकुमारसँग पनि जोडियो । उनीहरुले एकसाथ केही फिल्म पनि गरेका छन् । भनिन्छ, फिल्म ‘ऐतराज’को छायांकनका क्रममा उनीहरु एकआपसमा नजिकिएका थिए । फिल्ममा पनि उनीहरुको केमेस्ट्री खुब रुचाइएको थियो ।

पछि उनीहरु अलग भए । र, त्यसपछिका दिनमा उनीहरुले कुनैपनि फिल्म एकसाथ गरेनन् । प्रियंका लामो समय अविवाहित रहिन् । पछिल्लो समय भने उनले अमेरिकी गायक, संगीतकार निक जोनससँग विवाह गरिन् । प्रियंका आफ्नो दाम्पत्य सुखभोग गरिरहेकी छिन् । यता अक्षय पनि परिवारप्रति निकै लगाव राख्ने स्वभावका छन् । उनी परिवारसँग धेरैजसो समय विताइरहेका हुन्छन् ।

हालै मुम्बईको एक होटलमा डिनरका लागि अक्षय पत्नी ट्वींकल खन्ना र छोरासँगै पुगे । तर, उनीभन्दा अघि प्रियंका त्यही थिइन्, आफ्ना साथीहरुसँग ।

पक्कै पनि पारिवारिक माहौलमा डिनर गर्ने भएपछि अरुको उपस्तिथी राम्रो लाग्दैन । तर, अक्षय परिवारसहित डिनर गर्ने मेलोमेसो मिलाइहँदा प्रियंकालाई देखेपछि के गरे होलान् ?

उनीहरु मुम्बईको सोहो हाउस रेष्टुरेन्टमा यसरी जम्काभेट भएको हो । प्रियंका राती ९ बजे आसपास रेष्टुरेन्ट पुगेकी थिइन् । उनी राती साढे ११ बजेसम्म त्यहाँ बसिन् । यसैगरी अक्षय राती करिब ११: ३० मा बजे रेष्टुरेन्टबाट बाहिरिएका थिए ।

अक्षयकुमारलाई थाहा थिएन, त्यहाँ प्रियंका छिन् भनेर । तर, उनलाई होटलका म्यानजेरले छुटै ठाउँमा बस्न आग्रह गरे । अक्षय चाहँदैनथे कि, उनको टेबल नजिक प्रियंका होस् । यस्तो अवस्थामा अक्षयसँगै टि्वंकलले पनि असहज मान्ने थिए ।

रेष्टुरेन्टमा उनीहरु कसरी भेटे, भेटमा के भने ? यसबारे भने कुनै कुरा बाहिर आएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment