Comments Add Comment

संजयको फिल्ममा साहरुख, सलमानसँगै आलिया ?

बलिउडका सफल निर्देशक संजयलीला भन्सलीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रको लागि नायकद्धय सलमान खान र साहरुख खान पक्का भइसकेको भन्ने चर्चा खुबै छ । हुनत, यसको औपचारिक जानकारी यसको निर्माणपक्षले दिएको छैन ।

बलिउडका दुई स्टार सलमान र साहरुखले ‘करण अर्जुन’ र ‘हम तुमारे हे सनम’ पछि भन्सालीको चलचित्रमा एक साथ काम गर्न लागेको चर्चा छ । यस्तैमा, यो चलचित्रका लागि अहिलेकी हटकेक नायिका आलिया भट्ट जोडिने सम्भावना देखिएको छ । यो चलचित्रका लागि आलियालाई अफर गरिएको छ । चलचित्रको कथा आलियाले रुचाएकी छिन् । तर, उनीहरुबीच सम्झौता भने भएको छैन ।

यदि आलिया यो चलचित्रमा जोडिइन भने चलचित्रको हाइप अझै बढ्ने छ । नयाँ पुस्तामा छुट्टै क्रेज बनाएकी आलियाले यो चलचित्रमा अघिल्लो पुस्तासँग रोमान्स गर्नेछिन् । आलिया अहिले चलचित्र ‘कंलक’को रिलिज पर्खाईमा छिन् । त्योसँगै आलिया ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment