Comments Add Comment

बालिका बलात्कारको आरोपमा पक्राउ

२८ फागुन, भोजपुर । भोजपुरमा बालिका बलात्कारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले पक्राउ गरको हो ।

चार दिनअघि १० वर्षीया बालिकालाई राईले बलात्कार गरेको भन्दै पीडित परिवारको उजुरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेवेले बताए ।

राईलाई जिल्ला अदालत भोजपुरबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment