Comments Add Comment

‘द म्यान फ्रम काठमाडौं’ले बम्पर ओपनिङ गर्ला ?

आफ्नै हात जग्गनाथ

केही समययता प्रदर्शित चलचित्र र त्यसको खुम्चदो बजारले स्पष्ट संकेत गरेको छ, घरेलु दर्शक भड्कदैछन् ।

हप्तामा औसत दुई वटा चलचित्र प्रदर्शनमा आउँछन् । तर, दर्शकले यी चलचित्र हलमा लागेको र उत्रिएको भेउसमेत पाउन छाडेका छन् । प्रतिक्षित भनिएका ‘क्याप्टेन’, ‘बुलबुल’ जस्ता चलचित्र पनि चिप्लिएपछि अरु चलचित्रको के हविगत भयो ? अनुमान गर्न कठिन छैन ।

यसरी चलचित्र बजार खुम्चदै गएको पृष्टभूमीमा आगमी हप्ता तीन चलचित्र एकसाथ हलमा लाग्दैछ । पुरानो बुलेट, जानी नजानी र द म्यान फ्रम काठमाडौं ।

यी फिल्ममध्ये कुन उत्कृष्ट वा कसले बजार कब्जा गर्छ ? यसै भन्न सकिने अवस्था छै्रन । तर, तुलनात्मक रुपमा ‘द म्यान फ्रम काठमाडौं’ उच्च बजेटको चलचित्र हो । निर्माणपक्षको दावीलाई पत्याउने हो भने, यसको लागत ७ करोड रुपैयाँ छ ।

चलचित्रका निर्देशक, कलाकार, परिवेश सबैकुरा पनि भिन्न छ । यसमा नेपालकै भेट्रान कलाकारदेखि भारतिय तथा पाकिस्तानी कलाकारको जमघट छ । जबकी अन्य दुई चलचित्र ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ बजेट र स्टार कास्टको हिसाबले ‘द म्यान फ्रम काठमाडौं’ भन्दा कमजोर छ । त्यसो भए अब ‘द म्यान फ्रम काठमाडौं’ले बजारमा एकाधिकार जमाउनेछ ?

क्युएफएक्सले दिएको शो हेर्दा निर्धक्क ‘हो’ भन्न सकिन्छ । अर्थात ‘द म्यान फ्रम काठमाडौं’ले बम्पर ओपनिङ गर्नेछ । हलिउड/बलिउडका बिग बजेट एवं बहुप्रतिक्षित चलचित्रले जति उच्च शो पाउने गथ्र्यो, द म्यान फ्रम काठमाडौंले त्यो भन्दा कम शो पाएको छैन । क्युएफएक्सको अहिलेसम्मको तालिका हेर्दा ‘द म्यान फ्रम काठमाडौं’ले जम्माजम्मी २० शो पाएको छ । यस्तो लाग्छ, मानौ अब यो चलचित्रले सुस्ताको बजार ह्वात्तै उकास्नेछ ।

अन्य दुईको तुलनामा यसले पाँच गुना बढी शो पाएको हो । अब प्रश्न उठ्छ कि, के ‘द म्यान फ्रम काठमाडौं’ले यत्तिका शो धान्नेछन् ?

यसको नतिजा त फस्र्ट शोपछि नै देखिनेछ । तर, स्पष्ट चाहि के हो भने ‘द म्यान फ्रम काठमाडौं’ वहुप्रतिक्षित चलचित्र भएकालै यसका लागि उच्च शो दिइएको होइन । बरु, नकिम उद्दिनले लगानी गरेको चलचित्र भएकाले ‘द म्यान फ्रम काठमाडौं’लाई उच्च शो दिइएको हो । भनिहालौं, नकिम क्युएफएक्सका संचालक हुन् ।

नेपालीमा भनाई छ, आफ्नो हात जग्गनाथ । आफ्नै चलचित्र, आफ्नै हल । मनोमानी गर्न उनलाई यथेष्ठ छुट छ । तर, उनको चलचित्रका लागि जति शो छुट्याइएको छ, त्यसको कुर्सी रित्तो पो हुने हो कि ? संशय गर्ने ठाउँ छ ।

किनभने यो चलचित्रप्रति दर्शक त्यती उत्सुक रहेको पाइदैन । संभवत कतिले चलचित्रको नाम नै सुनेका छैनन् । एक्सन जनराको यो चलचित्र एक घण्टा ४५ मिनेटको छ । पेमा डोन्लुपले निर्देशन गरेको चलचित्रमा गुल्सन ग्रोबर, हमिद शेख, आना शर्मा लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment