+
+
Shares

२०७६ सालको दशैं असोज २१ गते, भाइटीका कात्तिक १२ गते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १३:२९

१ चैत, काठमाडौं । २०७६ सालको दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ ।

हरितालिका तीज भदौ २६ गते छ ।

यसैगरी असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

गोवर्धन पूजा र भाइटीका एकैदिन

कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार सुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ ।

१२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रोका प्रकाशक सूर्यनाथ पन्तले अनलाइनखबरसँग भने, ‘२०७६ सालमा गोवद्र्धन पूजा र भाइटीका जुधेको छ । कतिबेला गोवद्र्धन पूजा गर्ने र कतिबेला भाइटीका लगाउने भन्ने कुरा चाहिँ पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्छ ।’

२०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?