+
+
Shares

जङ्गी अड्डाको पुनर्निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १३:१६

१ चैत, काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । अड्डाको पुनर्निर्माण रु तीन अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माण विसं २०७३ देखि शुरु गरिएको थियो । उक्त मुख्यालयमा ४७ कार्यालय छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा रहेको उक्त स्थलबारे जानकारी लिँदै प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जङ्गी अड्डाको पुनर्निर्माण गरिएकामा खुशी व्यक्त गरे ।

भूकम्पबाट क्षति भएका नेपाली सेनाका सबै संरचना सुरक्षित रुपमा पुनर्निर्माण गर्न आग्रह गर्दै उहाँले भूकम्पलगत्तैको राहत र उद्धार कार्यमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भूकम्पबाट क्षति भएका नेपाली सेना अन्र्तगतका संरचनाहरुको पुनर्निर्माण प्राधिकरणको दायित्व भएको बताए ।

प्रधानसेनापति पूर्णचन्ऽ थापाले प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जङ्गी अड्डा लगायतका संरचनाको पुनर्निर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण कार्य भइरहेको जानकारी दिए ।

प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाको पुनर्निर्माण सम्पन्न हुने बताउँदै उनले सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताए ।

निरीक्षणका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहित सहसचिव शिवहरि शर्मा, पिताम्बर घिमिरे, सहसचिव तथा केन्ऽीय आयोजना कार्यान्वयन एकाइ -भवन)का आयोजना निर्देशक नवराज प्याकुरेललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?