+
+

विप्लवलाई निषेध गरिहाल्ने अवस्था थिएन : कांग्रेस नेता खाँण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २ गते १०:४२

२ चैत, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमाथि निषेधको राजनीति गरेको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रमुख सचेतक खाँणले, सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए ।

विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्ने बताउँदै उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए । उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरे । मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने उनले उताए ।

सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै उनले राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने प्रष्ट पारे । संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको बताए । सरकार र सिके राउतको धारणा समान आउनुपर्ने खाँणले माग गरे । सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढेको उनले उल्लेख गरे ।

प्रदेश ५ को राजधानीबारे प्रदेशसभाले छिटो टुंगो लगाउनुपर्ने पनि उनले जोड दिए । गौतमबुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल र अन्य पुर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्ने उनको भनाइ छ ।

सत्तारुढ दल नेकपाका नेताहरुले संसदीय व्यवस्थाप्रति बेलाबेलामा अनास्था प्रकट गरेका र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले पनि संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको कुरा गरेको तर्फ इंगित गर्दै खाँणले संसदीय व्यवस्थाले सबै विविधतालाई सम्बोधन गर्ने प्रष्ट पारे । एकदलीय व्यवस्था वा सर्वसत्तावादी चरित्रले मुलुक लामो समय चलाउन नसकिने उनले प्रष्ट पारे ।

उनले नेपाली कांग्रेसले सदनमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरिरहेको दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?