Comments Add Comment

महिला साफमा आज भारत-श्रीलंका भिड्दै, नेपालको प्रतिद्वन्द्वी कुन ?

३ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहीद मैदानमा दिउँसो तीन बजे खेल सुरु हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा आज श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुवैै टिम जितको खोजिमा हुनेछन् । यो खेलले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टिमको टुंगो लाग्नेछ । भारत र श्रीलंकाबीचको विजेताले समूह ‘ए’को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, भारत र श्रीलंकाबीच पराजित हुने टिमले समूह ‘ए’ को विजेता आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । यता, श्रीलंकाले पनि माल्दिभ्सलाई आफ्नो पहिलो खेलमा २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले भने बंगलादेशलाई समूह ‘ए’ को अन्तिम खेलमा ३–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । आफ्नो पहिलो भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment