Comments Add Comment

डोटीको आँखा शिविरमा १०२ जनाको शल्यक्रिया

३ चैत, डोटी । डोटीको दीपायलमा सञ्चालित निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई जनाको शल्यक्रिया गरिएको छ ।

जिल्ला अस्पताल डोटी, च्यारिटी हेल्थ फाउन्डेसन, चोपडा अस्पताल, शैलेश्वरी अस्पताल, धनगढी नेत्रालय र प्रदेश सरकारको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

डोटी चेम्वर अफ कमर्सले आयोजना गरेको शिविरमा दोस्रो दिनमै १ सय बढीले शल्यक्रिया गराएका हुन् ।

शिविरमा दुई सय जनाको शल्यक्रिया हुने अनुमान गरिए पनि पहिलो दुई दिनमै १ सय बढीले शल्यक्रिया गराएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रवहादुर साउदले जानकारी दिए ।

डोटी चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेले अनुमानभन्दा बढी सेवाग्राही आए पनि त्यसको चाप थेग्न सक्नेगरी व्यवस्थापन मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment