+
+

लेनदेन विवादमा कपिलवस्तुमा वृद्धको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १०:१०
Photo Credit : नारद कोहार/कपिलवस्तु । यादवको हत्यापछि घटनास्थलमा भेला भएका स्थानीय ।

६ चैत, बुटवल । कपिलवस्तुमा इँटा प्रहार गरेर एक वृद्धको हत्या भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवको बुधबार बिहान हत्या भएको हो ।

पिपरी चोकस्थित गणपति पेट्रोल पम्प अगाडि घरमा सुतिरहेका यादवलाई बुधबार बिहान ३ बजे इँटा प्रहार गरेर हत्या गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी दिए । मृतक यादवको टाउको र अनुहारमा चोट लागेको छ ।

बुधबार बिहान स्थानीय छेदी चौधरीले यादवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले घटनास्थलमा पुगेर त्यसबारे अनुसन्धान थालेको छ ।

त्रिवेणीको शव नजिकै अवधी भाषामा लेखिएको एक पत्रसमेत भेटिएको छ । वडा कार्यालय, चन्द्रौटाका प्रहरी प्रमुख उपाध्यायले पत्रमा आर्थिक लेनदेनको विषय उल्लेख गरिएकोे जानकारी दिए । तर, त्यसमा के लेखिएको छ भन्नेबारे उनले खुलाउन चाहेनन् ।

हत्यापछि शोकमा डुबेका परिवारजन र स्थानीयले हत्यारा पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?