
६ चैत, काठमाडौं । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दीप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दीपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
गत सिजनको आइपिएपलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै सन्दिप आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका थिए । सन्दीपले गतवर्ष दिल्लीबाट अन्तिम तीन खेलमा पाँच विकेट लिंदै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा सन्दीपको पारिश्रमिक २० लाख भारतीय रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4