
७ चैत, जलेश्वर । महोत्तरीका एक व्यक्तिको अपहरणमा परेको झण्डै तीन सातापछि भारतबाट सकुशल उद्दार गरिएको छ ।
गौशाला नगरपालिका ८ का २९ वर्षीय सुरेश साह फागुन १९ गते अपहरणमा परेका थिए । उनले भारतबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणकारीले उनका भिनाजु अमरनाथ महतोलाई फोन गरी फिरौती मागेका थिए । उक्त फोन लोकेसन भारतको बेतिया तथा बगहा भन्ने ठाउँमा देखिएपछि प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्यो ।
५ चैतमा फिरौती रकम लिन आएका बाराको रामपुरका मुन्ना भन्ने सुरज चौधरी र काशी साह कानु पक्राउ परे । मुन्नाको साथमा एक राउण्ड लोड गरिउको कटुवा पेस्तोलसहित गोली चार थान बरामद भयो ।
उनीहरुको बयानका आधारमा सुरेशलाई बाल्मिकीनगरको मैन्मा जंगलको नहर छेउमा बन्धन बनाएको अवस्थाबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4