
८ चैत, काठमाडौं । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ ।
शुक्रबार उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पारित गरियोस् भनि पेश गरेको प्रस्तावलाई राष्ट्रिय सभाले बहुमतले पारित गरेको हो । यो विधेयक प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।
विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले काग्रो सेवामा विदेशी लगानी वन्चित गर्नुपर्ने आफुहरुको संशोधन प्रस्ताव रहेको भन्दै उक्त संशोधन पारित गर्नुपर्ने बताए । काग्रो सेवामा विदेशी लगानी आउँदा धेरै नेपालीहरुको रोजीरोटी खोसिने उनको तर्क थियो ।
तर, उनको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गर्यो । राष्ट्रिय सभाको अर्को बैठक चैत १० गते बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4