+
+

टोगोसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते १५:४२

९ चैत, काठमाडौं । नेपालले पश्चिम अपि|mकी देश टोगोसँग कुटनीतिक सम्बन्ध विस्तार गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोयु क्यापेउदोले शुक्रबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन ।

हस्ताक्षरकर्ता दुबैले यो कुटनीतिक सम्बन्धले दुई देश र त्यहाँका जनतालाई एकअर्काको नजिक ल्याउने बताए । संयुक्त राष्ट्र संघका महासचिवलाई एन्टिनियो गटरसलाई कुटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी दिइसकेका छन् ।

दुबै देश कम विकसीत देशहरूको समूह ‘ग्रुप अफ ७७’ र असंलग्न आन्दोलनका सदस्य छन् ।

१९६० मा राष्ट्र संघको सदस्यता लिएको टोगोको जनसंख्या करिब ८० लाख छ । टोगोको सीमानामा राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको देश घाना, बेनीन र बुर्किना फासोसँग जोडिएको छ ।

टोगो सहित नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?