+
+

राप्रपामा पदाधिकारी थपिए

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते १६:१९

१२ चैत, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टीका विभिन्न पदमा पदाधिकारी थप गरेका छन् । दीपक बोहरा समूहसँग एकता भएपछि उनले मंगलबार पदाधिकारीहरु थप गरेका हुन् ।

थपिएका पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई थपिएका छन् । महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा थप गरेका छन् ।

प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले थप गरेका छन् । सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन् ।

सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदनबहादुर कार्की थपिएका छन् । सहायक प्रवक्तामा रमानन्द न्यौपाने थपिएका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरी केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?