+
+

एसईई प्रश्नपत्र लिक प्रकरण : सीआईबीले अनुसन्धान थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते १६:१७

१५ चैत, काठमाडौं । प्रदेश २ को एसईई परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

ब्युरोका एक जना नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको हो । यसअघि बिहीबार र शुक्रबारको अनिवार्य विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

ब्युरोका निर्देशन निरज शाहीले प्रकरणमा अनुसन्धान थालिएको पुष्टि गरे । ‘यहाँबाट डीएसपी सा’बको नेतृत्वमा अनुसन्धानका लागि टोली पठाइसकेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान सुरु भइसक्यो ।’

विज्ञान विषयको प्रश्न पत्र लिक हुने वित्तिकै सीआईबीलाई अनुसन्धानका लागि अनौपचारिक रुपमा जानकारी गराइएको थियो । तर, शुक्रबारको प्रश्नपत्र पनि सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल आफैंले अनुसन्धान अघि बढाउन ब्युरोलाई निर्देशन दिएका थिए ।

प्रहरी अधिकारीहरुले यो प्रकरणमा सत्य, तथ्य विवरण सार्वजनिक गरेर दोषीलाई कानुनी दायरामा ल्याइने दाबी गरेका छन् । प्रदेश दुईमा भने विद्यार्थीहरुले आफूहरुको परीक्षा रद्द गरिएको विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?