+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई दियो घुम्ती शौचालय

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १५ गते २०:२०

१५ चैत, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाललाई वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरे ।

वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्वर्धनमा भविष्यमा बढीभन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंक प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थप अनुकुल हुने जनाउँदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गरे । साथै सोको लागि कोषले बैंक प्रति हार्दिक धन्यवाद ब्यक्त गरेको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?